close

स्थानीय उत्पादन छैन, कृतिम फूलमालाले रंगियो खलंगा

स्थानीय उत्पादन छैन, कृतिम फूलमालाले रंगियो खलंगा

Trulli
ADVERTISEMENT

जुम्ला-  तिहारको चहलपहल सुरु भएसँगै जुम्लाको सदरमुकाम खलङ्गा बजार कृतिम फूलमालाले झकिझकाउ भएको छ । यहाँ अहिले स्थानीय उत्पादनको फूल छैन ।


यसवर्ष तिहार मंसिरमा परेको यहाँको तामक्रम माइनसमा झरेपछि थोरै भएपनि स्थानीयस्तरमा उत्पादित फूल सुकेर गएपछि कृतिम फूलमालाले बजार झकिझकाउ भएको हो ।  


यसवर्षको तिहारका लागि १५ लाख बढीका कृतिम माला जुम्लामा भित्रिएका छन् । यहाँको मुख्य व्यापारीक केन्द्र खलङ्गा बजारका व्यापारीले तिहारका लागि १५ लाख बराबरका कृतिम (प्लाष्टीक र जुसे) माला ल्याएका हुन् ।

 

अदीबा कस्मेटिक सेन्टरले दुई लाख, सरल सपिङ कम्पलेक्सले दुई लाख, तमन्ना कस्टमेटिक पसलले दुई लाख, जय  रामनारायण टेर्डसले एक लाख, न्यु निशा कस्टमेटिक पसलले ५० हजारका कृतिम जुम्ला भित्राएका छन् । महत किसारा पसलले १५ हजार तथा चन्दननाथ हाईसस्कुल लाईनका एक दर्जन बढी टहराले १० हजारका दरले करिब एक लाख बराबरको कृत्रिम माला ल्याएको पाइएको छ ।


खलंगाका व्यापारीहरुका अनुसार जुम्ला १५ लाख जतीको माला ल्याइएको छ । तुलनात्मक रुपमा दशैभन्दा तिहारमा जुम्लाको आर्थिक गतिविधि ह्वातै बढेको उनीहरुले बताएका छन् ।

 

माला, तिहारका सामग्री, नयाँ कपडा, खाद्यन्न खरिद गर्नेको संख्या दशैभन्दा उल्लेखीय रहेको व्यापारी विष्णुमाया महतको भनाई छ । कोरोनाको डरले विक्री नहुने शंका माला विगतको भन्दा कम ल्याइयो तर दिनमा २५ देखि ३० हजार सम्मको माला बिक्री भइरहेको उनको भनाई छ ।


दशै भन्दा तिहारमा आर्थिक कारोबार बढेको र ८ महिनादेखि थलिएको व्यापार क्षेत्र अलि उठेको पाइन्छ  । अर्का व्यापारी अदीबा कस्मेटिक सेन्टरका संचालक साविर अन्सारीले गत वर्ष तिन लाख बढीको माला ल्याएको यसपाली कोरोना डरले दुई लाखको मात्रै माला ल्याएको बताए ।


तिहार मंसिरमा परेकोले जुम्ला मात्र नभई माथिल्लो कर्णालीमा कृतिम मालाको माग बढेको छ  मालसँगै तिहारको लागि अन्य सामग्री किन्नहरुको भीड थेगीनसक्नु छ ।