close

म्याग्दी खबरदाता गौतमलाई उत्कृष्ट खबरदाता सम्मान

म्याग्दी खबरदाता गौतमलाई उत्कृष्ट खबरदाता सम्मान

Trulli
ADVERTISEMENT

काठमाडौं– म्याग्दीका पालिका खबरदाता सन्तोष गौतम २०७७ कात्तिक महिनाको उत्कृष्ट खबरदाता बनेका छन् ।


कात्तिक महिनाको उत्कृष्ट खबरदाता बन्दै गौतमले आईसीआईडी प्रा.लि.द्वारा संचालित पालिकाखबर समूहले मासिक रूपमा प्रदान गर्ने पाँच हजार रुपैयाँ राशीको पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।


पालिकाखबरले बनाएको ‘उत्कृष्ट खबरदाता मापदण्ड’अनुसार गौतमलाई कात्तिक महिनाको उत्कृष्ट खबरदाता चयन गरिएको हो । विभिन्न नौवटा मापदण्डमा गरिएको मूल्यांकनमा गौतम सर्वोत्कृष्ट ठहरिएका हुन् ।