close

नेपाल-भारत नाका खुलाउन अनिश्चितकालीन धर्ना 

नेपाल-भारत नाका खुलाउन अनिश्चितकालीन धर्ना 

Trulli
ADVERTISEMENT

धनुषा - कोरोना महामारीका कारण गत ११ चैतदेखि बन्द भएको नेपाल-भारत सीमा नाका खोल्न माग गर्दै धनुषामा अनिश्चितकालीन धर्ना सुरु भएको छ । नेपाल-भारत खुला सीमा संवाद समूहको आयोजनामा धनुषाको विदेह नगरपालिका वडा-२ दुहबी टोलमा स्थानीयले दुईघन्टे अनिश्चितकालीन दुई  घन्टे धर्ना सुरु गरेका हुन् ।

 

धर्नाको पहिलो दिन प्रदेश २ का प्रदेशसभा सदस्य राम आशीष यादवले नेपाल-भारतको धनुषा नाका तत्काल खोल्नुपर्ने बताए । धर्ना स्थल विदेह नगरपालिकाको वडा- २ पुगेका नेता यादवले सधैंको बन्दले स्थानीयलाई असहज भएकाले सीमा खोल्नुपर्ने स्थानीयको मागमा ऐक्यबद्धता जनाए ।


‘कोरोनाले जनजीवन असहज भए पनि धनुषा, महोत्तरीलगायतका सीमा नाका लामो समयसम्म के कारणले बन्द गरिएको हो भन्ने जवाफ संघीय सरकारले दिनैपर्छ’, जसपा नेता विमलदेव विराजी भने ।


धर्नाको अगुवाइ जसपाका केन्द्रीय सदस्य राजीव झाले गरेका छन् ।  झा नेपाल-भारत खुला सीमा संवाद समूहका संयोजकसमेत हुन् ।

 

संक्रमण बढ्न नदिन संघीय सरकारले हाल धनुषा र महोत्तरीको भारतीय सीमा नाका बन्द गरेको छ । बन्द नाकाबाट अहिले पैदल यात्री आउजाउ गरे पनि सवारीसाधन चलेका छैनन्।

 

धनुषाको नगराइन नगरपालिकाको जटही नाका र विदेहको दुहवी गोवराही नाकामा सवारी साधन चलेका छैनन् ।