close

भक्तपुरका विद्यालयः कतै संचालन, कतै अन्योल

भक्तपुरका विद्यालयः कतै संचालन, कतै अन्योल

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरसका कारण देशभरका विद्यालय आठ महिनादेखि बन्द छन् । सरकारले  कोरोना जोखिमको मूल्यांकन गरी पालिकाहरूलाई विद्यालय खोल्ने अधिकार दिएसँगै भक्तपुरका विद्यालय संचालनका लागि छलफलमा जुटेका छन् ।

 


केही स्थानीय तहमा विद्यालय संचालनका लागि अनुमति दिएको अवस्थामा केही स्थानीय तह भने विद्यालय संचालनका लागि छलफलसमेत गर्न सकेका छैनन् ।

 

 

चाँगुनारायणका विद्यालय आइतबारदेखि

 

चाँगुनारायण नगरपालिकाका केही विद्यालयहरूमा आइतबारदेखि पठनपाठन सुरु भएको छ ।  नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार विद्यालयका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको बैठकको योजनाका आधारमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्न अनुमति दिइएको छ ।


उनले भने, ‘हामीले नगरका सबै विद्यालयसँग विद्यालयको योजना पेस गर्न आग्रह गरेका छौँ । विद्यालयले पेस गरेको योजनालाई अध्ययन गरी विद्यालय संचालन गर्न लागि अनुमति दिनेछौँ ।’


मेयर फोरमको बैठक कुर्दै सूर्यविनायक


सूर्यविनायक नगरपालिकाका उप्रमुख जुना बस्नेतले विद्यायल संचालनका लागि केही कार्यक्रम अगाडि सारेको बताएकी छन् । उनले विद्यालय संचालनको निर्णयका लागि उपत्यका मेयर नगर फोरमको बैठकको निर्णयलाई पर्खेर बसेको बताइन् ।


भक्तपुर नगरपालिका छलफलमै


भक्तपुर नगरपालिकाका विद्यालय संचालन गर्न छलफलमै रहेको जानकारी दिएको छ । नगरप्रमुख सुनिल प्रजापतिका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गरेकाले विद्यालय संचालनका लागि छलफल चलिरहेको छ तर कहिले खुल्ने भन्ने टुंगो भने लागेको छैन ।


मध्यपुर ठिमीमा सुरसार नै छैन


मध्यपुर ठिमी नगरपालिकामा भने विद्यालय संचालनका लागि छलफलसमेत हुन सकेको छैन । नगरमा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखबीच भएको विवादका कारण विद्यालय संचालनका लागि छलफल नभएको उपप्रमुख अन्जनादेवी मधिकर्मीले जानकारी दिइन् । उनले  विद्यालय संचालनका लागि नगरको शिक्षा शाखामा बैठक भए पनि आफू जानकार नभएको बताइन् ।


सूर्यविनायक नगरपालिकाका उप्रमुख जुना बस्नेतले विद्यायल संचालनका लागि केही कार्यक्रम अगाडि सारेको बताएकी छन् । उनले विद्यालय संचालनको निर्णयका लागि उपत्यका मेयर नगर फोरमको बैठकको निर्णयलाई पर्खेर बसेको बताइन् ।


भक्तपुर नगरपालिका छलफलमै


भक्तपुर नगरपालिकाका विद्यालय संचालन गर्न छलफलमै रहेको जानकारी दिएको छ । नगरप्रमुख सुनिल प्रजापतिका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गरेकाले विद्यालय संचालनका लागि छलफल चलिरहेको छ तर कहिले खुल्ने भन्ने टुंगो भने लागेको छैन ।


मध्यपुर ठिमीमा सुरसार नै छैन


मध्यपुर ठिमी नगरपालिकामा भने विद्यालय सञ्चालनका लागि छलफल समेत हुन सकेको छैन । नगरमा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखबीच भएको विवादका कारण विद्यालय सञ्चालनको लागि छलफल नभएको उपमेयर अन्जनादेवी मधिकर्मीले जानकारी दिइन् । उनले  विद्यालय सञ्चालनका लागि नगरको शिक्षा शाखामा वैठक भएपनि आफू जानकार नभएको बताइन् ।