close

विराटनगर बसपार्क सरकारी-निजी साझेदारीको नमुनाः मन्त्री श्रेष्ठ

विराटनगर बसपार्क सरकारी-निजी साझेदारीको नमुनाः मन्त्री श्रेष्ठ

Trulli
ADVERTISEMENT

ओखलढुंगा- शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विराटनगर बस टर्मिनल सरकारी-निजी साझेदारीको नमुना भएको बताएका छन् । बसपार्क अनुगमन तथा निरीक्षणका क्रममा विराटनगर पुगेका मन्त्री श्रेष्ठले नगर विकास कोष र महानगरको साझेदारीमा संचालन भएको बसर्पाक संचालन तथा व्यवस्थापन नमुना भएको बताएका हुन् ।


दुई वर्षअघि निर्माण सम्पन्न भई संचालनमा आएको बसपार्क निर्माणमा महानगरले १० प्रतिशत लगानीसहित नगर विकास कोषको ९० प्रतिशत ऋण लिएको छ । उक्त ऋणबापत तिर्नुपर्ने रकम निरन्तर तिरेको तथा संचालन व्यवस्थित भएकाले मन्त्रीले यो सार्वजनिक-निजी साझेदारीको नमुना भएको बताएका नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।


सापकोटाका अनुसार विराटनगर बसपार्क निर्माणका लागि कोष तथा महानगरको लगानी साझेदारी तथा संचालनका लागि निजी कम्पनीको ठेक्का रहेको तथा यसको संचालन व्यवस्थित रहेको छ । यही तथ्यका आधारमा मन्त्रीले सरकारी-सामुदायिक-निजी साझेदारीको नमुना भएको बताएको सापकोटाको भनाइ छ ।  


सरकारले अवलम्बन गरेको तीन खम्बे अर्थनीति नै सरकारी-सामुदायिक-निजी साझेदारी हो । यही नीतिअनुसार बसपार्क व्यवस्थापन तथा संचालन हुनु प्रदेशकै नमुना भएको मन्त्रीले बताएको सापकोटाले सुनाए ।


बसपार्क निर्माण भएपछि महानगरले निजी क्षेत्रलाई संचालनको जिम्मा दिएको थियो । हाल यसको संचालन व्यवस्थित र नमुना भएको पाइएको सापकोटा नै बताउँछन् ।


बसपार्क संचालनका शर्तअनुसार महानगरले कोषलाई बुझाउनुपर्ने रकम नियमित बुझाउँदै आएको छ ।


प्रदेश १ को राजधानीमा रहेको उक्त बसपार्क आठ करोड ५० लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो । नगर विकास कोषका अध्यक्ष रमेश सिंह, कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले बस टर्मिनल भवनको अवलोकन भ्रमण गरेका थिए ।