close

जिल्लाको एक मात्र नर्सिङ विद्यालयलाई सिद्धिचरणको सहयोग 

जिल्लाको एक मात्र नर्सिङ विद्यालयलाई सिद्धिचरणको सहयोग 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - सिद्धिचरण नगरपालिकाले जिल्लाको एक मात्र नर्सिङ विद्यालय ओखलढुंग स्कुल अफ साइन्सलाई कम्प्युटर हस्तान्तरण गरेको छ । 


नगरपालिकाले दुई लाख ५० हजार रुपैयाँ बराबरका पाँच थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त विद्यालय संचालनका लागि नगरपालिकाको सामुदायिक अस्पताल ओखलढुंगासँग साझेदारी गरेको छ ।

 

यहाँ अहिले २० जना विद्यार्थीले स्टाफ नर्स पढिरहेका छन् । गत वर्ष सुरु भएको उक्त विद्यालयमा तीन वर्षे नर्सिङ पढाइ हुने संचालक संस्था ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले जानकारी दिए ।  

 

जिल्लाकै पहिलो नर्सिङ विद्यालयमा ओखलढुंगासहित छिमेकी जिल्लाबाट आएर विद्यार्थी अध्ययन गरिरहेका छन् । भर्खरै संचालनमा ल्याइएको विद्यालयमा भौतिक पूर्वाधार भने पर्याप्त छैनन् । विद्यालय संचालनका लागि नगरपालिकाको सहयोग महत्त्वपूर्ण रहेको आचार्यले बताए । 


सो विद्यालयमा नगरपालिकाको सिफारिसमा दुई जना विद्यार्थीले नर्सिङ पढ्दै आएका छन् । विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन कम्प्युटर हस्तान्तरण गरिएको सिद्धिचरणका नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए ।