close

बेनीका विद्यालय १४ मंसिरदेखि खुल्ने

बेनीका विद्यालय १४ मंसिरदेखि खुल्ने

Trulli
ADVERTISEMENT

म्याग्दी - बेनी नगरपालिकाका विद्यालय १४ मंसिर आइतबारदेखि खुल्ने भएका छन् । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा  बसेको सर्वपक्षीय भेलाले सुरक्षा मापदण्ड पालना गरेर खुलाउने निर्णय गरेको हो ।


संविधानसभा सदस्य रेशम बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर कार्यपालिका सदस्य र विद्यालयका अध्यक्ष र प्रधानाध्यापकको सहभागितामा व्यापक छलफल गरी जनस्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर आइतबारदेखि विद्यालयको पठनपाठन सुरु गराउने निर्णय भएको भएको प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।


विद्यालय संचालन गर्दा व्यवस्थापन समिति, शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावकले मास्क लगाउने, विद्यालयको परिसरको सरसफाइ र भौतिक दूरीलाई ध्यान दिने, साबुन-पानी, स्यानिटाइजर, मास्कलगायतको सुरक्षाको नियमित मापदण्डको व्यवस्था मिलाएर विद्यालय संचालन गर्ने निर्णय भएको प्रवक्ता बराइलीले बताए ।


विद्यालय संचालनको क्रममा कोरोना भाइरससम्बन्धी लक्षणहरू मिल्दाजुल्दा देखिएका विद्यार्थीहरूको स्वास्थ्य अवस्था जाँच गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, विद्यार्थीहरूमा फैलिनबाट रोक्न मापदण्ड पालनमा शिक्षक र अभिभावक सचेत रहँदै पाठनपाठन नियमित गराउने निर्णय गरेको छ।