close

खनाल र नेम्वाङले बाँढेको आठ करोडमध्ये कुन पालिकाले कति पाए ?

खनाल र नेम्वाङले बाँढेको आठ करोडमध्ये कुन पालिकाले कति पाए ?

Trulli
ADVERTISEMENT

इलाम– पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।


स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आठ करोड रुपैयाँका कार्यक्रम जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका छन् । खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर र गाउँपालिकामा चार करोड रुपैयाँ वडा सङ्ख्याका आधारमा वितरण गरिएको छ ।


खनालले सबैभन्दा धेरै रकम सूर्योदय नगरपालिकालाई एक करोड ३५ लाख रुपैयाँ, इलाम नगरपालिकालाई १० लाख रुपैयाँ, माई नगरपालिकालाई ६८ लाख रुपैयाँ, रोङ गाउँपालिकालाई ६० लाख रुपैयाँ, सन्दकपुर गाउँपालिकालाई ६७ लाख रुपैयाँ र माईजोगमाई गाउँपालिकालाई ६० लाख रुपैयाँ विनियोजन गरेका छन् ।


निर्वाचन क्षेत्र नं १ मा ३९ वडा रहेका छन् । वडा सङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

 

नेम्वाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई एक करोड रुपैयाँ, देउमाई नगरपालिकालाई ९० लाख ५६ हजार रुपैयाँ, माई नगरपालिकालाई २८ लाख ५० हजार रुपैयाँ, माङसेवुङ गाउँपालिकालाई ५७ लाख १४ हजार रुपैयाँ, चुलाचुली गाउँपालिकालाई ५७ लाख १४ हजार रुपैयाँ र फाकफोकथुम गाउँपालिकालाई ६६ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र नं २ मा ४२ वडा रहेका छन् । वडा सङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखको उपस्थितिमा बजेट विनियोजन गरिएको बताइएको छ ।

(शीर्षकमा नेम्वाङ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)