close

विद्यालय संचालनको तयारीमा तारकेश्वर

विद्यालय संचालनको तयारीमा तारकेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौको तारकेश्वर नगरपालिकाले २१ मंसिरदेखि विद्यालयको पठनपाठन संचालन गर्ने भएको छ ।


सोमबार बसेको तारकेश्वर नगर शिक्षा समितिको बैठकले कोरोना भाइरसका कारण नौ महिनादेखि बन्द रहेका विद्यालय २१ मंसिरदेखि संचालन गर्न लागेको हो ।


विद्यालय संचालनपूर्व अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको बैठक बसी स्वास्थ्य सुरक्षाको पूर्ण पालनाको ग्यारेन्टीसहितको कार्ययोजना बनाई त्यसको प्रतिलिपि नगर शिक्षा शाखालाई पेस गर्नुपर्नेछ ।


बिहान अनि दिउँसो दुई सिफ्ट र कक्षागत आलोपालो गरी साताको तीन दिन कक्षा संचालन गरिनेछ भने विद्यालय भने साताको छ दिन खुलाउनुपर्नेछ ।


ठूला कक्षालाई बिहानको सिफ्ट र साना कक्षाका विद्यार्थीलाई दिउँसोको सिफ्टमा विद्यालयमा पढाउनुपर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो ।