close

नख्खु खोलामा अकासे पुल बनाउँदै गोदावरी

नख्खु खोलामा अकासे पुल बनाउँदै गोदावरी

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुरको चापागाउँ कुश्लेचौर हुँदै छम्पी जाने बाटोको बीचमा पर्ने नख्खु खोलामा गोदावरी नगरपालिकाले अकासे पुल निर्माण गर्ने भएको छ ।

 


गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पुलको शिलान्यास गरे । नगरपालिकाले आफ्नै खर्चमा यो पुल निर्माण गर्न लागेको हो ।

 


पुलको लागत तीन करोड १५ लाख ९४ हजार ४६७ रुपैयाँ रहेको छ । यसका लागि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ८० लाख रुपैयाँ रकम विनियोजन गरिसकेको छ ।


पुल निर्माणका लागि सिभाको महर्जन जेभी ललितपुरले नगरपालिकासँग सम्झौता गरिसकेको छ । गत असोजमै सम्झौता भएबमोजिम पुल निर्माणको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।


अकासे पुलको डिजाइनर चिरायू कन्सल्टेन्सीका अनुसार पुलको लम्बाइ १८ मिटर र चौडाइ छ मिटरको हुनेछ ।


नगरप्रमुख महर्जनले गोदावरीका वडा- ९ छम्पी र वडा- ११ जोड्ने यो पुल निर्माणले टीकाभैरव हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए । उनका अनुसार उक्त पुल निर्माणले गोदावरी नगरपालिका वडा- ७ देवीचौर, वडा- ८ डुकुछाप र वडा- ९ छम्पीका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।


नगरपालिकामा सेवा लिन आउँदा टीकाभैरव हुँदै हिँडेर आउनुपर्ने अवस्था थियो । ‘सवारी साधनमा यात्रा गर्दा स्थानीयलाई छम्पीबाट लगनखेल हुँदै चापागाउँ आउनुपर्ने अवस्थामा पुल निर्माणपछि यी समस्या हटेर जानेछन्’, नगरप्रमुख महर्जनले भने ।