close

१२ घण्टाका २० खबरः कोरोनाको रकम घट्यो, महाकालीको नाम नै कट्यो (भिडियाेसहित)

१२ घण्टाका २० खबरः कोरोनाको रकम घट्यो, महाकालीको नाम नै कट्यो (भिडियाेसहित)

ADVERTISEMENT

आज साेमबार । देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१. काठमाडौंको तारकेश्वर नगरपालिकाले कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरवासीलाई ५ हजार दिने, रकम वडा मार्फत वितरण गर्ने पालिकाको निर्णय ।

 

२‍. ‍कालीकोटका ९ वटै स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु, विद्यार्थीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता ।

 

३. खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको ताप्ली गाउँपालिका जोड्ने सुनकोशी नदीमाथी झोलुङ्गे पुल निर्माण हुने, पुलको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले गरे शिलान्यास ।

 

४. काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको नगरप्रमुख टिपी शर्मा तिमल्सिनालगायतको पहलमा उद्धार, वृद्धलाई मानव कल्याण समाज काभ्रे शाखामा पठाइयो ।

 

५. तेह्रथुमका छथर गाउँपालिका अध्यक्ष सन्तबीर लिम्बुले आफ्नो ३५औ जन्मदिनको अवसरमा अपाङ्गता भएका, असहाय एक सय बालवालिकालाई वितरण गरे न्यानो स्वेटर, स्वेटर पाएपछि बालबालिका दंग ।

 

६. लमजुङको बेसीसहरमा कुकुर व्यवस्थापन गर्न निःशुल्क बन्ध्याकरण शिविर, बेसीसहर नगरपालिका र रिफरल पशु चिकित्सक काठमाडौंको संयुक्त आयोजनामा शिविरको आयोजना ।

 

७. पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटावीच भेटघाट, पोखरामा बसपार्क निर्माण लगायतका साझेदारी परियोजना संचालन गर्ने सम्वन्धमा छलफल ।

 

८. कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन, भौगोलिक र ऐतिहासिक महत्वका आधारमा नगरसभाले नगरको नाम राख्यो दोधारा चाँदनी ।

 

९. ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सरकारले अनिवार्य बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न दिएको समयसीमा भन्दा पहिलेनै बैंकमार्फत भत्ता वितरण गर्ने, सनराइज बैंकमार्फत भक्ता लाभग्राहीको खातामा ।

 

१०. ललितपुरको महालक्ष्मी नगरपालिकाले तयार पार्यो स्थानीय पाठ्यपुस्तक, विद्यार्थीका लागि ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका’ नामक पुस्तक ।

 

१. नगरभित्र रहेका भुमिहीन, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि सम्बन्धि समस्या समाधान आयोग र धनकुटा नगरपालिकाबीच सम्झौता ।

 

१२. कन्चनपुरको बेलौरी नगरपालिकाका विद्यालय मंसिर २६ गतेदेखी खोल्ने नगरको निर्णय, विद्यालय खुल्नेभएपछि शिक्षक र विद्यार्थी खुसी ।

 

१३. लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम हुँदै, माझिटारमा उपप्रमुख मञ्जु देवकोटा अध्यक्षतामा कार्यक्रम सम्पन्न ।

 

१४. कोरोना लागेर जनप्रतिनिधि र कर्मचारीको मृत्यु भएमा परिवारलाई दिने भनेको १५ लाख रकम नेपालगञ्ज उपमहानगरले बोर्ड बैठक बसेर संसोधन ग¥यो, अब दुई लाख ५० हजार मात्र दिने ।

 

१५. कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला, अब पर्यटकको चहलपहल बढ्ने ।

 

१६. हुम्ला विमानस्थलमा खटिएका ११ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि, जिल्लामा जोखिम पुन बढ्यो ।

 

१७. जिल्ला अस्पताल उदयपुरमा ६ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन, बिरामी मारमा ।

 

१८. कञ्चनपुरको भीमदत्त नगरपालिकाले ३८ लाखमा खरिद गरेको पीसीआर मेसिन अझै आएन संचालनमा, जनशक्ति अभावमा मेसिन महाकालाी अस्पतालमा थन्कियो ।

 

१९. बाँकेको जानकी गाउँपालिका-४ मा साढे सात हजार टन क्षमताको अत्याधुनिक शीत भण्डार निर्माण, कृषकले अब आफ्नो उत्पादन भण्डार कक्षमा राख्ने ।

 

२०. फोक्सोमा समस्या भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत उदयपुर चौदण्डीगढी नगरपालिका-८ का वडाध्यक्ष श्यामकुमार मगरको मृत्यु ।