close

भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने : चिस्यानदेखि कृषि बजार, रेस्टुरेन्टदेखि सिनेमा हलसम्म एकैठाउँ

भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने : चिस्यानदेखि कृषि बजार, रेस्टुरेन्टदेखि सिनेमा हलसम्म एकैठाउँ

Trulli
ADVERTISEMENT

रुपन्देही - कृषि बजारलाई आधुनिकिकरण गर्ने उद्देश्यसहित भैरहवामा अत्याधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायीक कृषि बजार पुर्वाधार विकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउँमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण सुरु भएको छ ।

 

२४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैया लागत अनुमान गरिएको भवन निर्माण गर्न विकास एण्ड ब्रदर्स आत्रेय र बस्नेत जेभी सिनामंगलले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयाँमा ठेक्का पाएको छ ।

 

२०७९ साल असार १६ गते सम्मको म्याद भित्र निर्माण हुने उक्त ६ तल्ले भवनको बेसमेन्टमा चिस्यान केन्द्र देखि आधुनिक कृषि बजार, रेस्टुरेन्ट, सिनेमा हल लगायतको सुविधा रहने सिद्धार्थनगरका नगर प्रमुख हरि प्रसाद अधिकारीले जानकारी दिए । 


भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरका छन् । मन्त्री भुसालले तुलनात्मक रुपमा विकास निर्माणको काम राम्रो रहे पनि भैरहवाको हकमा यो प्रयाप्त नरहेको समेत जिकिर गरे । मुलुककै दोश्रो ठूलो नाका, अन्तराष्ट्रिय विमानास्थल, पर्यटकीय स्थल लुम्बिनी लगायत यसै ठाउँमा रहेको कारण पनि भैरहवाको विकास तुलनात्मक रुपमा पछि परेको उनले बताए । 


यस क्षेत्रको बृहत् विकासको लागि योजना बनाएर आउन उनले स्थानीय सरकारका प्रतिनिधिहरलाई आग्रह गरे । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १३ मा यस भन्दा अघि नै करिब १३ करोड लागतमा कृषि बजार निर्माणाधिन रहेको छ ।