close

अनि कसियो गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको लगनगाँठो !

अनि कसियो गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको लगनगाँठो !

Trulli
ADVERTISEMENT

कास्की- स्थानीय तहका जनप्रतिनिधिबीच विकास निर्माण र नीतिगत विषयमा सहकार्य भएको त सुनिएकै हो । तर कास्की र मुस्ताङका जनप्रतिनिधिले भने लगनगाँठो नै कस्ने भएका छन् ।


कास्कीको माछापुच्छ्रे गाउँपालिका का अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच भोलि (शुक्रवार) विवाह हुने तय भएको छ ।


मुख्यमन्त्री पृथ्वी सुब्वाले अध्यक्ष र उपाध्यक्षको जोडीलाई विवाहस्थलमा पुगेर शुभकामना दिने बताएका छन् ।


जनप्रतिनिधिमा निर्वाचित भएपछिको चिनजानपछिको सहकार्यलाई  विवाहमा परिणत गरेको अध्यक्ष गुरुङले पालिकाखबरलाई जानकारी दिए ।

 

उनीहरुको भोलि पोखराको याम्डीस्थित एक रेष्टुरेण्टमा परम्पराअनुसार  विवाह हुँदैछ । अध्यषले यो विवाहलाई हिमाल र पहाडवीचको सम्बन्धको सेतु भनेका छन् ।