close

पालिकाका २० खबर : कर्णाली प्रदेशमा बढ्यो भ्रष्टाचार, भवन दियौ उपकरण कहिले सरकार ? (भिडियाे खबर) 

पालिकाका २० खबर : कर्णाली प्रदेशमा बढ्यो भ्रष्टाचार, भवन दियौ उपकरण कहिले सरकार ? (भिडियाे खबर) 

ADVERTISEMENT

आज शनिबार । देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको वडा नं १४ ले सुरु गर्यो‍ ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ । ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घरघरमै औषधि उपचारको व्यवस्था 


२) रूपन्देहीको सियारी गाउँपालिकाले आफ्नै प्रशासनीक भवनबाट सुरु गर्यो सेवा, पालिकाले दिने सबै सेवा अव एकै ठाउँबाट प्रदान गरिने । 

 

३) बेलडाँडी गाउँपालिकामा चोरीका घटना बढ्दै, वडा नं २ का अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने मोरटसाइकल नै घरैबाट चोरी । 

 

४) अनलाइन प्रणालीमार्फत राजस्व संकलन गर्दै गौर नगरपालिका, पालिकाका ९ वटै वडामा अनलाइन प्रणाली लागू भएसँगै अनलाइन प्रणालीमा जाने गौर बन्यो रौतहटकै पहिलो पालिका ।


५) दार्चुलाको लेकम गाउँपालिकाका कर्मचारी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय बन्द, शुक्रबारदेखि लागू हुनेगरि एक सातकालागि बन्द गर्ने पालिकाको निर्णय ।


६) बागलुङका ग्रामीण बस्तीमा स्वास्थ्य चौकी बने पनि आवस्यक उपकरण अझै पुगेनन्, उपकरण अभावले बिरामीको प्रभावकारी उपचार हुन नसक्दा सेवाग्राही समस्यामा ।

 

७) तेह्रथुमको आठराई गाउँपालिकामा निर्मीत प्राविधिक शिक्षालयको मुख्य मन्त्री  सेरधन राईद्धारा उद्धघाटन, शिक्षालयमा ३ वर्षे कृषि विज्ञान र वाली विज्ञान संकायको पठनपाठन हुने ।

 

८) इलाममा पनि देखियो पाटे बाघ, तीन हजार १०० मिटर उचाइमा पहिलोपटक पाटेबाघको रेकर्ड भएको वन तथा भू संरक्षण विभागको भनाई ।


९) धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा २ करोड २० लाखको लागतमा बन्यो प्रदेश २ कै नमुना सर्प दंश उपचार केन्द्र,  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरे केन्द्रको उद्घाटन । 


१०) पालिकाभित्रको ५५ किलोमिटर सडक कालोपत्रे गर्दै ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका, संघीय समपूरक बजेट खर्चेर स्थानीयलाई सहज गराउने पालिकाको योजना । 


११) चिया श्रमिकको सम्मानमा इलाम नगरपालिकाले बनायो श्रमीकको प्रतिमा । तामा र पित्तलबाट बनेको प्रतिमाको नगरपालिका प्रमुख महेश बस्नेतद्वारा अनावरण ।


१२) लामो समयदेखि बन्द भएका गोरखाका सबै धार्मिकस्थलहरु खुले, धार्मिकस्थलमा जाने सबै भक्तजनलाई पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रशासनको आग्रह


१३) पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने, कुस्मा नगरपालिका– ५ चाक्लेको डिलबाट साउने बगरसम्मको जीपलाइन १४ सय मिटर लामो हुने । 


१४) कर्णाली प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध भ्रष्टाचारका उजुरीको चाङ, अधिकांश उजुरीमा नेता, सांसद तथा मन्त्रीका नाम ।

 

१५) कोभिड- १९ का कारण बन्द रहेको भक्तपुर नगरपालिकाभित्र रहेका विद्यालयहरु पुसदेखि सञ्चालनमा आउने, कक्षा ८, ९ र १० का विद्यार्थीलाई आलोपालो प्रणालीबाट पढाउन पालिकाले अनुमती दिने । 


१६) भद्रपुर नगरपालिका वडा नं ८ मा रहेको चन्द्रगढी विमानस्थलको पुनर्निर्माणको काम अलपत्र, प्रवेशद्वार कता राख्ने भन्ने विषयमा विवाद ।


१७) चितवनको सौराहामा नेपालमै पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालनमा, अस्पतालमा घाइते तथा बिरामी वन्यजन्तुको उपचार गरिने 


१८) तुलसीपुर उपमहानगरपालिकामा १ पुसदेखि अनलाइनबाटै घरको नक्सा पास हुने, लुम्बिनी प्रदेशमा बुटवलपछि अनलाइन सेवा सुरु गर्ने तुलसीपुर दोस्रो स्थानीय तह ।


१९) लालीगुराँस नगरपालिकाको वडा नं ५ का वडा सदस्य स्व। डम्बरबहादुर लिम्बूको सम्झनामा निर्मित शालिक अनावरण, लिम्बूको २४ असोज २०७७ मा निधन भएको थियो ।


२०) बूढानीलकण्ठ क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने काम धमाधम हुँदै, पाइप जडानका साथै तार तान्ने काम पनि एकै पटक ।