close

१२ घण्टाका २० खबरः उखुमा दुई तिहाइको झेल, हुकुम्बासी पुग्लान् त जेल ! (भिडियाे खबर)

१२ घण्टाका २० खबरः उखुमा दुई तिहाइको झेल, हुकुम्बासी पुग्लान् त जेल ! (भिडियाे खबर)

ADVERTISEMENT

आज आईतबार । देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) पर्वतको फलेवास नगरपालिकाले जग्गा बाँझो नछाडी खेती गरेको भन्दै कृषकलाई प्रोत्साहन स्वरूप दियो अनुदान, ९७ जना कृषकले पाए १० लाख ५१ हजार रुपैयाँ ।

 

२) भूमिसम्बन्धी समस्या समाधान आयोगले गण्डकी प्रदेशका ३६ वटा पालिकाहरूसँग सम्झौता गर्‍यो, अब भूमिहीनका पक्षमा स्थानीय तहले काम गर्ने।


३) द्वन्द्वका समयमा नक्साविहीन भएका अर्घाखाँचीका स्थानीयले बल्ल पाए लालपुर्जा, १८ वर्षपछि लालपुर्जा पाउँदा स्थानीय खुसी।

 

४) काठमाडौं महानगरपालिकाले सोमबार २६औँ महानगर दिवस मनाउँदै, दिवसको अवसर पारेर ‘मिर्गौला बचाऔँ अभियान’ घोषणा गरिने।


५) खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको खुलासा, तीन रोपनी सार्वजनिक जग्गा चार जनाले गरे आफ्नो नाममा दर्ता ।


६) अज्ञात समूहले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको डोजरमा गर्‍यो आगजनी, प्रहरीले सुरु गर्‍यो घटनाबारे अनुसन्धान ।


७) सर्लाहीका उखु किसानले सुरु गरे काठमाडौं केन्द्रित आन्दोलन, माइतीघर मण्डलामा किसानको धर्ना, गत वर्ष भएको सम्झौता कार्यान्वयन गर्न माग ।


८) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका हरेक वडामा एकै डिजाइनका वडा कार्यालय भवन निर्माण अभियानले लियो गति, दुई वडाको चाबी हस्तान्तरण ।


९) धुलिखेल नगरपालिकामा अनलाइन कर भुक्तानी सेवा सुरु, अब सेवाग्राहीका काम छिटो र छरितो हुने ।


१०) नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुनर्निर्माण गर्ने, गढी पुनर्निर्माण र संरक्षण हुने भएपछि बढ्ने भए पर्यटक ।


११) भक्तपुरको चाँगुनारायण नगरपालिका- ५ छालिङमा बन्ने विश्वकै अग्लो त्रिशूलको शिलान्यास, दुई करोड ७० लाख रुपैयाँको लागतमा त्रिशुल निर्माण हुने ।


१२) सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले पाइन् अभिभावक, नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले गरे मानवीको अभिभावकत्व ग्रहण ।


१३) दाङको गढवा गाउँपालिका वडहरामा रहेको कुलपानी सामुदायिक वन समूहले संचालनमा ल्याउन लागेको काष्ठ संग्रहालयको उद्घाट्न, संग्रहालयमा हेर्न पाइन्छ परम्परागत काष्ठ सामग्री ।


१४) म्याग्दीका छवटै स्थानीय तहमा एकै पटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान सुरु, अभियानअन्तर्गत शिशु र आमाको स्वास्थ्य जाँच गरिने।


१५) ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सुरु गर्‍यो ‘आफ्ना लागि आफ्नै भवन’ निर्माण अभियान, अभियानअन्तर्गत भवन निर्माण प्रारम्भ ।


१६) सिरहाको गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन, शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा ।


१७) कोरोनाका कारण बन्द रहेका बाजुराका विद्यालय धमाधम खुल्न थाले, स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै पठनपाठन सुरु ।


१८) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ ले सुरु गर्‍यो ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घरघरमै औषधि र उपचार ।


१९) काठमाडौंको टोखा नगरपालिका- ३ मा सरस्वती मन्दिर निर्माण हुने, नगरप्रमुख प्रकाश अधिकारीले गरे शिलान्यास।


२०) रूपन्देहीको सैनामैना नगरपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच समझदारी ।