close

पालिकाका २० खबर: जनप्रतिनिधिबीच नै झडप भयो कमलामा, किन दिइन् पालिका उपाध्यक्षले राजीनामा ?

पालिकाका २० खबर: जनप्रतिनिधिबीच नै झडप भयो कमलामा, किन दिइन् पालिका उपाध्यक्षले राजीनामा ?

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) भरतपुर महानगरपालिकाको जगतपुरमा बहुप्राविधिक प्रशासनिक भवनको शिलान्यास, प्रशासनिक भवन एक करोड तीन लाख रुपैयाँको लागतमा निर्माण हुने ।


२) सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ४ मा नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट सेवा सुरु, सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरे अस्पतालको उद्घाटन।


३) गोरखाको बारपाकमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्यो, शाखा लाइन विस्तार र घरघरमा मिटर जडानको काम सुरु।

 

४) समपूरक र विशेष अनुदानका योजना पठाउन स्थानीय तहलाई राष्ट्रिय योजना आयोगको पत्राचार, पुस मसान्तभित्र प्रस्ताव पठाउनुपर्ने ।


५) गुल्मीको मालिका गाउँपालिकामा कोभिड- १९ अस्थायी अस्पताल संचालन, अब गाउँमै पाउने भए स्थानीयले उपचार ।

 

६) राष्ट्रिय सडक संजालमा जोडियो हुम्ला, हुम्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले गरे सडकको स्थलगत अनुगमन ।

 

७) नगरप्रमुख रामउद्गार गोइतको  सक्रियतामा अनियमितता भएको भन्दै धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिबीच झडप, कामकाज प्रभावित ।


८) जंगली हात्तीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ८ भम्केपानीमा रहेको थारू संग्रहालयको भवन भत्कायो, संग्रहालयमा राखिएका वस्तुमा क्षति ।

 

९) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माण हुने, गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले गरे भवनको शिलान्यास ।

 

१०) गाउँपालिका अध्यक्ष र कर्मचारीबाट अपमानित व्यवहार सहनुपरेको भन्दै मकवानपुरको मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले दिइन् राजीनामा, बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद ।

 

११) बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था, विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न सुरु ।

 

१२) स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाका सबै वडामा पुग्यो आधारभूत स्वास्थ्य सेवा, नगरवासी दंग ।

 

१३) तेह्रथुमको आठराई गाउँपालिकाले सुरु गर्यो‍ अनलाइन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता, सातवटै वडाबाट सेवा सुरु ।

 

१४) सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन जनकपुरमा ‘फूलबारी लीला’ मनाइयो, ५ पुसमा रामकलेवा गरी विधिवत् रूपमा सीताराम विवाह पञ्चमी महोत्सव समापन हुने ।


१५) स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणका विषयमा कैलालीको टीकापुर नगरपालिकाको आयोजनामा अन्तक्र्रिया सम्पन्न, कार्यक्रममा सहभागीले गरे संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयबारे छलफल ।

 

१६) धनकुटा नगरपालिका- ७ स्वास्थ्य कार्यालय परिसरमा  पीसीआर मेसिन जडान, दैनिक ३०० स्वाब परीक्षण गर्न सकिने ।

 

१७) दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकलाई वितरण गर्यो‍ न्यानो कपडा, कपडा पाउँदा बाआमा मख्ख ।

 

१८) स्थानीय तहले सार्वजनिक जग्गा लिजमा दिन वा हक हस्तान्तरण गर्न नपाउने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गा लिजमा नदिन स्थानीय तहलाई गर्यो‍ पत्राचार ।

 

१९) सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा  नगर क्षेत्रभित्रका ४३ जना स्थानीयवासीको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया ।


२०) संसद अधिवेशन नजिकिँदै गर्दा सरकारले ल्यायो अध्यादेश, संवैधानिक परिषद् ऐन संशोधन गरेर संवैधानिक नियुक्ति गर्ने भन्दै राष्ट्रपतिद्वारा अध्यादेश जारी ।