close

कसले बनाइदिने मन्दिरको पर्खाल ?

कसले बनाइदिने मन्दिरको पर्खाल ?

Trulli
ADVERTISEMENT

धनुषा- यतिबेला जनकपुरमा विवाह पंचमी चल्दै छ । कोरोना कहर नभइदिएको भए यतिबेला राम र सीताको विवाह हेर्न यहाँ लाखौँ व्यक्तिको भीड हुन्थ्यो । तस्बीरमा देखिएको दृश्य जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको ठीक अगाडिको हो ।

 

जिल्ला मालपोत कार्यालय, नापी कार्यालयले समेत बाटो निर्माण गर्दा फूलबारीको जग्गा अतिक्रमणको प्रतिवेदन सार्वजनिक गरिसकेपछि सम्बन्धित वडा अध्यक्ष, नागरिक समाज र स्थानीय युवाहरूले बनाइएको नयाँ पर्खाल नै भत्काइदिए । 


तर, महिनौँ बितिसक्दासमेत यसबारे स्थानीय सरकार वा सम्बन्धित सरोकारवालाले ध्यान दिएका छैनन् ।

 

जानकी मन्दिरबाहिर ठीक सामुन्नेको दुर्दशाबारे सबै चुपचाप बसेका छन् । विवाह पंचमीको समयमा पनि यो पर्खाल निर्माण हुन नसक्नुमा पालिका र पालिका प्रमुख दोषी रहेको स्थानीयको भनाइ छ । 
 

आन्तरिक र बाह्य पर्यटक जोकोही आउँदा एउटै प्रश्न गर्छन्, 'मेयरसाुब हेर्न मात्र आएका हुन् कि केही गर्न पनि ?' 


मन्दिर पूर्वपट्टिको बाटोबाट आवतजावतमा त समस्या छ नै, झन् कार्यालय समय र साँझतिर लामो जाम नै लाग्ने गरेको छ यहाँ ।


यो समस्याबारे सबै निकायलाई जानकारी भए पनि कुनै रुचि नै लिएका छैनन् । जनकपुरधाम वडा नं। ३ का अध्यक्ष दीपेन्द्र साह भन्छन्, 'यस विषयमा मलाई नसोध्नुस्, मेयरसाुबलाई नै थाहा होला ।'


यो पर्खालको कारण नै आफूमाथि मुद्दा लगाइएको भन्दै थप जवाफ दिनबाट पन्छिन खोजे वडा अध्यक्ष साह ।