close

ताप्लेजुङका स्थानीय तहले बल्ल लगे सदरमुकामको प्रशासन

ताप्लेजुङका स्थानीय तहले बल्ल लगे सदरमुकामको प्रशासन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- तत्कालीन माओवादी द्वन्द्वका बेला सुरक्षाका लागि सदरमुकाममा प्रशासन सारेका ताप्लेजुङका स्थानीय तहले जिल्ला समन्वय समिति (तत्कालीन जिविस) मा छाडेका पञ्जीकरणका कागजात बल्ल बुझेर लगेका छन् ।

जिल्ला समन्वय समितिमा रहेका पञ्जीकरणका कागजात सम्बन्धित स्थानीय तहले बुझेर लगेको जिल्ला समन्वय अधिकारी उपेन्द्रबहादुर ढुंगानाले जानकारी दिए ।

संघीय संरचनाअघि ५० गाविस रहेको ताप्लेजुङमा माओवादी द्वन्द्वका बेला तत्कालीन गाविस सचिवहरूले सुरक्षा थ्रेटका कारण सदरमुकामबाटै सेवा दिएका थिए ।

माओवादी विध्वंस समाधान नहुन्जेल अधिकांश गाविसका कार्यालय तत्कालीन जिविसको सभाहलमा केन्द्रित थिए । स्थानीय निकाय स्थानीय तहको रुपान्तरण नहुँदासम्म सदरमुकामबाटै सेवा प्रदान गर्दाका बखत तत्कालीन गाविस सचिवहरूले पञ्जीकरणका कागजात तत्कालीन जिविसमा राखेका थिए ।

‘आ-आफ्ना स्थानीय तहअनुसारका कागजात लिएर जानुभएको छ’, जिल्ला समन्वय अधिकारी ढुंगानाले भने ।

अहिले ताप्लेजुङमा ९ स्थानीय तह छन् । आठराई त्रिवेणी गाउँपालिकाको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको क्षेत्रमा काम गर्दै आएका कर्मचारी लेखनाथ भट्टराईले स्थानीय तह गठन हुनुभन्दा अगाडिका व्यक्तिगत घटना दर्ताका सूचना फाराम तथा पञ्जाधिकारीहरूको नामावली जिल्ला समन्वय समितिबाट बुझेर लगेको जानकारी दिए ।