close

१२ घण्टाका २० खबरः मजदुरको नाममा खाता, भद्रपुरले जोड्यो बालनाता (भिडियो खबर)

१२ घण्टाका २० खबरः मजदुरको नाममा खाता, भद्रपुरले जोड्यो बालनाता (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) कोरोना संक्रमण बढेपछि बैतडीको डिलाशैनी गाउँपालिकामा २० दिनदेखि गरिएको लकडाउन खुला, लकडाउन खुलेसँगै गाउँपालिका कार्यालय, विद्यालयलगायतका सम्पूर्ण सेवा सुचारु ।


२) ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले मध्यपुर थिमि नगरपालिकालाई दियो एसियन टाउनस्केप अवार्ड, एसियाका अन्य १२ प्रतिस्पर्धी पनि सम्मानित ।


३) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माको बिदाइ र नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई स्वागत ।


४) बर्दियाको ठाकुरबाबा नगरपालिकाको विभिन्न वडामा बन्दै गरेको वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवन नगरप्रमुख घननारायण श्रेष्ठद्वारा अनुगमन, गुणस्तरीय काम गर्न आग्रह ।


५) झापाको भद्रपुर नगरपालिकाले गर्‍यो बालमैत्री नगर घोषणा, बालमैत्री नगर घोषणा गरिएपछि बालबालिका दंग ।


 
६) ओखलढुंगाको सिद्धिचरण नगरपालिकाद्वारा नगर प्रहरी छनोट सुरु, चाहिएको ५ जना, प्रतिस्पर्धामा उत्रिए १५६ ।


७) पर्वतको जलजला गाउँपालिकाले गर्‍यो ६० वर्ष उमेर पूरा गरेका मजदुरका लागि सञ्चय कोषको व्यवस्था, मजदुरको नाममा खाता खोल्ने गाउँपालिकाको तयारी ।

 
८) बेपत्ता परिवारका महिलासँग मोरङको लेटाङ नगरपालिकाले गर्‍यो छलफल, अब उनीहरूको जीवन स्तर उकास्ने कार्यक्रम नगरले ल्याउन ।


९) पर्वतको कुश्मा नगरपालिका-७ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई मेरी स्टोप्स सेन्टरमार्फत विभिन्न स्वास्थ्य सामग्री  हस्तान्तरण, वडाध्यक्ष सुवासचन्द्र पौडेलले बुझे स्वास्थ्य सामग्री ।


१०) म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा छरिएका विषयगत शाखा कार्यालय एकीकृत हुने, पालिकाको हिउँदेसभाले गर्‍यो निर्णय ।


११) पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा इजलासमार्फत न्याय सम्पादन सुरु, इजलासबाट अब न्याय सम्पादन सहज हुने ।


१२) खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘मेरो रेडियो मेरो भविष्य’ कार्यक्रम सुरु, कार्यक्रमबाट बीचमै पढाइ छाड्ने दर घट्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाको विश्वास ।


१३) पर्वतको जलजला गाउँपालिकामा भू-सेवा केन्द्र स्थापना, गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरे केन्द्रको उद्घाटन ।


१४) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खामा निर्माणाधीन घरको पर्खालबाट लडेर गम्भीर घाइते भएका युवाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु, मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढीका २४ वर्षीय दीपेन्द्र राई ।


१५) लकडाउनका कारण रोकिएको हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिब्रिजको काम सम्पन्न, गाडी भने तत्काल सञ्चालनमा नआउने ।


१६) सिरहाको सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा रहेको जेनेरेटरमाथि प्रेसर कुकर बम फेला, नेपाली सेनाद्वारा डिस्पोज, बम फेला परेपछि नगरको कामकाज प्रभावित ।

 
१७) धादिङको नीलकण्ठ नगरपालिकामा रहेको धादिङ अस्पतालमा भेन्टिलेटरसहितको आइसियू सेवा सुरु, आइसियू कक्षको बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गरे उद्घाटन ।


१८) शीतलहर तथा चिसोजन्य विपद्बाट प्रभावितहरूलाई बचाउन पर्सामा ४४ लाख रकम खर्च गरिने, संघीय प्रदेश र स्थानीय सरकारबाट सो रकम खर्च गर्ने जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जानकारी ।

 

१९) सुनसरीको धरान उपमहानगरपालिका- १५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जना पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।


२०) पाल्पाको बगनासकाली गाउँपालिका-२ पोखराथोकका २९ वर्षीय सञ्जय पहारीको घरको बलेनीमा लडेर मृत्यु ।