close

पालिका स्तरीय बाल क्लब गठनमा जुट्यो मैवाखोला 

पालिका स्तरीय बाल क्लब गठनमा जुट्यो मैवाखोला 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभरिका विद्यालयमा बाल क्लब गठन गर्ने तयारी अगाडि बढाएको छ । गठित बाल क्लबहरूलाई बाल विवाह, लागुपदार्थ दुर्व्यसनी, बालश्रम शोषण, घरेलु हिंसा न्यूनीकरणमा परिचालन गरिने गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङले जानकारी दिए ।

 

‘बाल क्लबमार्फत जातीय छुवाछुत तथा भेदभाव अन्त्यका लागि चेतनामूलक कार्यक्रम चलाइनेछ । प्रत्येक विद्यालयमा गठन भएका बाल क्लबका प्रतिनिधिलाई आबद्ध गरी पालिकास्तरीय बाल क्लब संजालसमेत बनाइनेछ’, अध्यक्ष थत्लुङले भने ।


संजालमार्फत बालबालिकालाई योजना छनोट, नीति निर्माण र निर्णय कार्यान्वयन प्रक्रियामा समेत सहभागी गराइने पालिका अध्यक्ष थत्लुङ सुनाउँछन् । यस अभियानले बालबालिकाको नेतृत्व क्षमताको विकास हुने र अर्कातर्फ सामाजिक कुसंस्कारविरुद्धको अभियानसमेत सिर्जना गर्न सकिने गाउँपालिकाको विश्वास छ । 

 

बाल क्लबमार्फत विद्यालयको पहुँचबाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयको पहुँचसम्म ल्याउने व्यवस्थासमेत गरिनेछ । ‘बाल क्लबलाई रचनात्मक सामाजिक हितकारी संस्थाको रूपमा उपयोग गर्ने योजनामा छौँ’, गाउँपालिका अध्यक्ष थत्लुङले भने ।