close

कक्षा ६ मा गाइजात्रा, कक्षा ८ मा नि !

कक्षा ६ मा गाइजात्रा, कक्षा ८ मा नि !

Trulli
ADVERTISEMENT

भक्तपुर– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू भएसँगै कक्षा १२ सम्मको विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा आएको छ । स्थानीय सरकारहरूले आफ्नो स्थानीय क्षेत्रको धार्मिक, मौलिक तथा सांस्कृतिक पहिचानसहितको स्थानीय पाठ्यक्रम बनाई विद्यालयमा लागू गरिरहेका छन् ।


भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले कक्षा ६ लागि स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा पठाएको छ । कक्षा १ देखि ८ सम्मका लागि नै पाठ्यक्रम निर्माण गर्नुपर्ने भए पनि नगरले परीक्षणका लागि कक्षा ६ को स्थानीय पाठ्यक्रम निर्माण तथा लागू गरेको हो ।


नगरका शिक्षा शाखाका अधिकृत नेत्र दाहालका अनुसार बाँकी कक्षाको पाठ्यक्रम निर्माण तयारीमा छ । ‘हामीले कक्षा ६ मा परीक्षणको रूपमा लागू गरेका छौँ,’ उनले भने, ‘यो वर्ष कक्षा १ देखि ७ सम्म निर्माणको तयारीमा छ । कक्षा ८ को पाठ्यक्रम आगामी वर्ष निर्माण हुनेछ ।’


नगरमा स्थानीयभन्दा बाहिरी जिल्लाका विद्यार्थी धेरै भएकाले पाठ्यक्रम लागू गर्न समस्या भएको उनले बताए । नगरभित्रै विभिन्न समुदायको बसोबास भएकाले सबै ठाउँमा एउटै पाठ्यक्रम प्रभावकारी नभएको उनी बताउँछन् ।


पाठ्यक्रममा गाईजात्रा, सिथी नखाः, सम्पदा, धार्मिक क्षेत्रलगायत नगरको चिनारी समावेश गरिएको छ ।