close

१२ घण्टाका २० खबरः सिरहाका गाउँ टल्किदै, नौगाडका कृषक चम्किदै 

१२ घण्टाका २० खबरः सिरहाका गाउँ टल्किदै, नौगाडका कृषक चम्किदै 

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) अछामको पञ्चदेवल विनायक नगरपालिका- २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला, जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले सुनायो फैसला ।


२) धनकुटाको जिरो प्वाइन्टमा को१ख ४०७४ नम्बरको बसले किच्दा धनकुटा नगरपालिका- ९ की ४५ वर्षीया गुना राईको घटनास्थलमै मृत्यु, चालक र बस प्रहरीको नियन्त्रणमा ।


३) पाँचथरको हिलिहाङ गाउँपालिका- ५ सुभाङमा बञ्चरो प्रहार गरी धनबहादुर उभरकोटीले गरे आफ्नै ३० वर्षीया श्रीमती दुर्गामायाको हत्या, घटनामा संलग्न धनबहादुर फरार, खोजी कार्य जारी ।


४) धनुषाको जनकपुरमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी, आगलागीका कारण स्टोरमा रहेका सरसामान जलेर नष्ट ।


५) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीको धनगढी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालय धमाधम बन्द, विद्यार्थीको पढाइ प्रभावित ।


६) स्याङ्जाको चापाकोट नगरपालिकाका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण, विभिन्न व्यक्तिले प्रदान गरेको सामग्री नगरप्रमुख शिवकुमार गिरीले गरे प्रदान, खाद्य सामग्री पाएपछि विपन्न परिवार दंग ।


७) झापाको कमल गाउँपालिकामा डिजिटल माटो परीक्षण ल्याब संचालन, माटो बोकेर सुरुंगा पुग्नुपर्ने स्थानीयको बाध्यता हट्यो ।


८)  झारफुक गर्ने वहानामा महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको शंखरापुर नगरपालिकाबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- २ घर भएका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ, सुनारमाथि प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।

 

९) पर्वतको जलजला  गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण, गाउँपालिकाले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक ।

 

१०) पालिकास्तरीय बाल क्लब गठनमा जुट्यो ताप्लेजुङको मैवाखोला, सबै विद्यालयमा बाल क्लब गठन गर्ने तयारी ।


११) संखुवासभाको खाँदबारी नगरपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी, नगरवासीलाई उद्यमशीलतासँग जोडेर स्वरोजगार बनाउने पालिकाको लक्ष्य ।


१२) चितवनको भरतपुर महानगरपालिका- १५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाद्वारा १० लाख रुपैयाँ हस्तान्तरण, थप सात लाख रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गर्ने ।


१३) सिरहामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सबै स्थानीय तहमा फुसको छानामुक्त बनाउने अभियान सुरु, प्रत्येक घरले जस्तापाता हाल्न ५० हजार रुपैयाँ रकम पाउने ।


१४) बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने, सिरोडामा औद्योगिक ग्राम स्थापनापछि स्थानीयले रोजगारी पाउने ।


१५) दार्चुलाको नौगाड गाउँपालिकामा तरकारी पकेट क्षेत्र घोषणा गरिएपछि स्थानीय किसानको आम्दानी ह्वात्तै बढ्यो, पालिका तरकारीमा आत्मनिर्भर ।


१६) कञ्चनपुरको पुनर्वास नगरपालिका- ६ मा घरमा आगो ताप्ने क्रममा ३५ वर्षीया गीता थापाको मृत्यु, देशभर चिसो बढ्दा जनजीवन प्रभावित ।


१७) विद्यालय भर्ना हुन नपाएका एक बालक पढाउन कंचनपुरको लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकले लिए जिम्मा, रवि विकलाई अध्यक्ष बडायकले कक्षा १० सम्म पढाइदिने ।


१८) महिला साथीको अश्लील भिडियो पोर्न साइटमा राखेर पैसाको बार्गेनिङ गर्ने एक व्यक्ति पक्राउ, पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिकाका अस्लम अन्सारी ।


१९) जुम्लाको नाग्म-गमगढी सडकको १३ किलोमिटर खण्ड पाँच वर्षमा पनि बनेन, काम नगर्ने कम्पनी हिल्दुङ एण्ड थोकर-हीरा-नमिता जेभीलाईलाई नवौँ पटक पत्र (गैरजिम्मेवार निर्माण कम्पनी)
 

२०)  बैतडीमा से१ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा बझाङको बुङ्गल नगरपालिका- ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु ।