close

 पालिकामा कृषकः छत्रकोटमा पेन्सन, माइतीघरमा टेन्सन (भिडियो खबर)

 पालिकामा कृषकः छत्रकोटमा पेन्सन, माइतीघरमा टेन्सन (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन दिने, पेन्सन पाउने कृषकलाई तीन वर्गमा विभाजन गरेर पहिचान गर्ने काम सुरु ।


२) बलात्कार मुद्दा गाउँमै मिलापत्र खोज्ने बैतडीको सिगास गाउँपालिका-३ का वडाध्यक्ष शेरसिंह साउद धरौटीमा रिहा, घटनाका मुख्य आरोपी सिगास-३ का दीपक सिंह धामी भने अझै फरार ।


३) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा ।


४) दैलेखमा मुख्यमन्त्री रोजगारको रकम एक वर्षसम्म नपाएपछि युवाहरूले घेरे चामुण्डा बिन्द्रासैनी नगरपालिका, योजना सम्पन्न भएपछि कागजात पेस गरे पनि कार्यालयले भुक्तानीमा ढिलाइ गरेको युवाको गुनासो ।


५) रुकुम पश्चिमका चार वटा स्थानीय तहले गरे नगर प्रहरी भर्ना, अब जिल्लामा ६८ जना नगर प्रहरीले स्थानीय तहबाटै तलबभत्ता खाने ।


६) डोटीमा से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट शिखर नगरपालिका–६ कोटगाउँका ६ वर्षीय गौरव बलायरको मृत्यु, स्कार्पियो र चालक महादेव गिरी प्रहरीको नियन्त्रणमा।

 

७) लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै  पशुसेवा विभागले स्थापना दिवस अवसरमा अर्घाखाँचीको पाणिनी गाउँपालिकालाई पुरस्कृतका लागि छनोट गर्‍यो, पाणिनी गाउँपालिका दूध, अन्डा र मासुमा आत्मनिर्भर।


८) खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्पmत वितरण गर्ने, नगरले गर्‍यो विभिन्न बैंकसँग सम्झौता ।


९) म्याग्दीको रघुगंगा गाउँपालिकाको नवौं गाउँसभा जारी, अस्पताल निर्माण स्थलको विषयमा विवाद बढेपछि मतदानबाट विवाद टुंगो लगाउने गाउँपालिकाको तयारी ।


१०) डोटीको आदर्श गाउँपालिकामा गोरु काटेको आरोपमा ३ जना पक्राउ, पक्राउ परेकाहरूमाथि प्रहरीले सुरु गर्‍यो अनुसन्धान ।


११) भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा ना. ६ ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक वीरगन्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोद्दिन अन्सारीको घटनास्थलमै मृत्यु, ट्रकमा रहेका ११ वटा भैंसी घाइते ।


१२) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले किसानलाई अनुदानमा आलुको बिउ वितरण गर्ने, कृषि शाखा कार्यालय आरुबारीमा किसानलाई सम्पर्क गर्न नगरको आग्रह ।


१३) चिसो बढेपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो ६ वटै वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, गाउँपालिकाभरिका चार सय ४२ जना वृद्धवृद्धालाई कम्बल वितरण गरिने ।


१४) शीतलहर र चिसो बढेपछि महोत्तरीको बर्दिबास नगरपालिकाका विपन्न र गरिव परिवारको जनजीवन प्रभावित, जनप्रतिनिधि बेखबर ।


१५) ललितपुरको लगनखेलबाट मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ, पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका –१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार ।


१६) पर्साको वीरगञ्जमा जनप्रतिनिधिसहितका सरोकारवाला  निस्किए बजार अनुगमनमा, कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा ।


१७) सुनसरीको धरान उपमहानगरपालिकाले दियो क्रिसमसका अवसरमा सार्वजनिक बिदा, इसाई धर्मावलम्बीले खुसी ।

 

१८) हुम्लाको नाम्खा गाउँपालिका-६ मा पर्ने लिमीगाउँ पर्यटन गाउँका रूपमा छनोट, जनप्रतिनिधिसहितका सरोकारवालाहरूको बैठकले गर्‍यो यस्तो निर्णय ।


१९) भारत लैजाँदै गरेका दुई युवतीको कैलालीबाट प्रहरीले गर्‍यो उद्धार, कञ्चनपुरको वेदकोट नगरपालिका-१ की १८ र धादिङको थाक्रे गाउँपालिका-५ की २० वर्षीया युवती ।


२०)  भोजपुर नगरपालिका-५ काउलेमा मे १ ज २९८८ नम्बरको जिपले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु ।