close

हालसम्मकै धेरै कित्ता आईपीओ खुलाउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक 

हालसम्मकै धेरै कित्ता आईपीओ खुलाउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ बिक्री गर्न १० पुसमा बोर्डबाट अनुमति पाएको हो ।

 

बैंकले उक्त आईपीओ बिक्रीको अनुमति माग्दै ८ मंसिरमा बोर्डमा निवेदन दिएको थियो । कम्पनीले धितोपत्र बजारमा हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न लागेको हो । अधिकत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । संस्थापकतर्फ कम्पनीमा हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

 

कम्पनीले सर्वसाधारणमा जारी पुँजीको ४० प्रतिशत हिस्सा सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि जारी पुँजी बराबरको रकम कायम हुनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबीएल एस क्यापिटल लिमिटेडको रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । 

 

देशभित्र र बाहिरबाट लगानीको दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधकार विकासका परियोजनामा मात्र लगानी गर्ने उद्देश्यसहित बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट २८ माघ २०७५ मा राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रूपमा काम गर्ने स्वीकृति पाएको बैंकले २२ फागुन २०७५ बाट औपचारिक रूपमा बैंकिङ व्यवसाय सुरु गरेको हो । नेपालको पहिलो पूर्वाधार बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ । 

 

सबै आवेदकले सेयर पाउने 

 

पछिल्लो समय प्राथमिक बजारमा आईपीओ नपरेर दिक्क मानेका लगानीकर्ताले यो आईपीओमा भने राहत महसुस गर्ने भएका छन् । हालसम्मको आईपीओमा परेको रेकर्डलाई हेर्दा सबै आवेदकले सेयर पाउने निश्चित देखिन्छ ।

 

कुल कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले कुल कित्तामध्ये ५ प्रतिशतका दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको जानकारी दिए । 

 

हाल २३ लाखभन्दा बढीले हितग्राही खाता खोलेका छन् भने १२ लाखभन्दा बढी मेरो सेयर प्रयोगकर्ता रहेका छन् । १२ पुससम्म हितग्राही खाता खोल्नेको संख्या २३ लाख ११ हजार ४ सय ८० र मेरो सेयर प्रयोगकर्ता १२ लाख ५९ हजार ७ सय ६० रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।


प्राथमिक निष्कासनमा पछिल्लो समय १० लाख ९२ हजार २ सय २६ जनाले आवेदन दिएकोसमेत सीडीएससीले प्रस्ट पारेको छ । पछिल्लो समय १० पुसमा बाँडफाँट भएको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिनेको उक्त संख्या हालसम्मकै सर्वाधिक हो ।

 

पूर्ण प्रविधिमैत्री र देशभरि नै पहुँच पुगेको प्राथमिक बजारमार्फत सार्वजनिक निष्कासन हुने आईपीओ पाउन भाग्य भरोसाको स्थिति रहेकामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भने सबै आवेदकलाई सेयर दिने भएको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा भने ११ लाख लगानीकर्ताले आवेदन दिन सक्ने अनुमान लगाउँदा पनि सबै आवेदकले ६० कित्तासम्म र बढी पाउनेले ७० कित्तासम्म सेयर पाउने देखिन्छ ।

 

हालको सार्वजनिक निष्कासनको सेयर बाँडफाँटसम्बन्धी व्यवस्थामा प्रत्येक आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा ११ लाख आवेदकलाई ६० कित्तासम्म बाँडफाँट गर्दा पनि ६ करोड ६० लाख कित्ता मात्र बाँडफाँट हुन्छ । अझै ९८ लाख ४० हजार कित्ता बाँकी रहन्छ । यो सेयर थप ९ लाख ८४ हजार जनालाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्छ