close

लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’

लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’

Trulli
ADVERTISEMENT

काठमाडौं- लक्ष्मी बैंकले डिजिटल डिसेम्बर डिजिटल अभियानअन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभबारे जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता घोषणा गरेको छ ।


प्रतियोगिताअन्तर्गत सहभागीहरूले लक्ष्मी बैंकको मोबाइल बैंकिङ सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउनुपर्नेछ । यसरी प्राप्त भिडियोको भावनात्मक पक्ष, सिर्जनात्मकता, कथावस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरिनेछ । 


विजयी सहभागीले ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्नेछन् । डिजिटल डिसेम्बर एक महिने अभियान हो । यसको माध्यमबाट बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैकिङजस्ता डिजिटल विकल्प अपनाउने रुचिको अभिवृद्घि गर्ने प्रयास गरेको छ । 


बैंकको मोबाइल मनी एप गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छ । प्रतियोगिताका नियम बैंकको वेबसाइटमा उपलब्ध छ । ‘माई मोबाइल मनी’ लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित दोस्रो प्रतियोगिता हो । 


यसअघि बैंकले डेबिट कार्डको डिजाइनिङ प्रतियोगिता सञ्चालन गरेको थियो । यसमा उत्साहजनक सफलता प्राप्त भएको बैंकले बताएको छ ।