close

दिनभरको पालिकाः पूर्वमा राई-आचार्य टक्कर, पश्चिमका गाउँगाउँमा डाक्टर (भिडियो खबर)

दिनभरको पालिकाः पूर्वमा राई-आचार्य टक्कर, पश्चिमका गाउँगाउँमा डाक्टर (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलन, ७ वटा टोली बनाएर काम सुरु ।

 

२) म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँको टुंगो लगायो, बेगको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने ।

 

३) जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ४ महिनापछि नेपाल टेलिकमले बल्ल ल्यायो अस्थायी टावर संचालन, अब गाउँवासी संचार सुविधाबाट बञ्चित हुनु पर्दैन ।

 

४) खोटाङको खोटेहाङ गाउँपालिकाको सार्वजनिक गर्‍यो ‘पालिका गान’, हरेक महत्त्वपूर्ण कार्यक्रममा अब ‘पालिका गान’ बजाइने ।

 

५) बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको देवलकोट माविमा विषयगत शिक्षक नहुँदा पढाइ प्रभावित, अध्ययन गर्न विद्यार्थी कालीकोटतिर लागे ।

 

६) हुम्लाको सिमकोट गाउँपालिकाले कृषकलाई १४ हजार स्याउ तथा ओखरका बिरुवा वितरण गर्ने, किसानले माग र जग्गाको क्षेत्रफलका आधारमा बिरुवा पाउने ।

 

७) काठमाडौंको बौद्ध क्षेत्रमा एक वर्षदेखि चोरी गर्दै आएका ७ जना परे प्रहरीको फन्दामा, चोरीमा प्रयोग हुने विभिन्न हतियार र सामान बरामद ।

 

८) बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत धुलो दूध उत्पादन गर्ने, मुख्यमन्त्री डोरमणि पौडेलले गरे कारखानाकोे शिलान्यास ।

 

९) गोरखाको गण्डकी गाउँपालिकाद्वारा ३० वटा सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान, विद्यालयलाई प्रविधिमैत्री बनाउने पालिकाको अभियान ।

 

१०) कोरोना जोखिमका कारण बन्द भएका हुम्लाको अदानचुली गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु, हिउँदे बिदामा पनि विद्यालय संचालन गर्ने निर्णय ।

 

११) रामेछाप नगरपालिकाको आयोजनामा किसानलाई बाख्रा पालन तालिम सुरु, तालिम ३ दिनसम्म संचालन हुने ।

 

१२) लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगंजबाट पक्राउ, उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी ।

 

१३) गण्डकी प्रदेश सरकार र म्याग्दीको रघुगंगा गाउँपालिको साझेदारीमा बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र संचालन, अब जटिल अवस्था र श्वासप्रश्वास समस्याका बिरामी अन्यत्र जानु नपर्ने ।

 

१४) ललितपुर महानगरमा कर्मचारी भर्ना रोक्न उच्च अदालत ललितपुरको अन्तरिम आदेश, वडाभित्र करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेपछि विपक्षीले गरेका थिए उच्च अदालतमा मुद्दा दर्ता ।

 

१५) नेकपाको प्रचण्ड-माधव खेमाले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटायो, भीम आचार्य दलको नेतामा चयन ।

 

१६) गरिबसँग मेयर कार्यक्रमअन्तर्गत मोरङको लेटाङ नगरपालिकाद्वारा ६० विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण, जाडोको समयमा ब्ल्याङ्केट पाउँदा विपन्न परिवार दंग ।

 

१७) सर्लाहीको हरिवन र लालबन्दी नगरपालिकाबाट १३ सडक मानव र मानसिक रोगीको उद्दार, उद्दार गरिएकाहरूलाई राखियो हरिवनको मानव सेवा आश्रममा ।

 

१८) कैलालीको धनगढी उपमहानगरपालिकाको आयोजनामा जुगेडामा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न, पशुपालक किसान लाभान्वित ।

 

१९) स्याङ्जाको वालिङ नगरपालिकामा डिजिटल प्रविधिबाट जग्गा नापजाँच सुरु, अब हचुवाका भरमा चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने ।

 

२०) झापाको कनकाई नगरपालिकाले नगरप्रमुख राजेन्द्र पोखरेलका बुबा गणेशप्रसाद पोखरेलको निधनको शोकमा दिइयो नगरपालिकाभर सार्वजनिक बिदा ।