close

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट

Trulli
ADVERTISEMENT

काठमाडौं- सिद्धार्थ बैंकले कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट संचालनमा ल्याएको छ ।

 

बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज रूपमा पुर्‍याउने उद्देश्यले सर्भिस आउटलेट संचालनमा ल्याएको हो ।


कोरोना महामारीको विद्यमान अवस्थामा बैंकले सतर्कता अपनाएर निरन्तर आफ्ना सबै सर्भिस आउटलेटबाट बैंकिङ सेवा, सुविधा प्रदान गरिरहेको छ । 

 

बैंकले शाखारहित बैंकिङ, एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।


यस्तै, बैंकले ४५० भन्दा बढी व्यावसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवा ग्राहकलाई दिँदै आएको छ ।