close

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, भीमदत्तमा किन भयाे जनप्रतिनिधिमाथि आक्रमण ? (भिडियाे खबर)

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, भीमदत्तमा किन भयाे जनप्रतिनिधिमाथि आक्रमण ? (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) गुल्मीको बगाले खोलामा झोलुङ्गे पुल निर्माण हुने, रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले गरे पुलको शिलान्यास ।

 

२) धादिङ घर भएकी सविना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आफन्तले गरे काठमाडौंको कीर्तिपुर मोडल अस्पतालमा तोडफोड, अस्पताल तोडफोड गर्ने १७ जना पक्राउ ।

 

३) हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी समस्यामा, हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि लोडसेडिङ ।

 

४) लकडाउनपछि बन्द रहेको मुस्ताङको मुक्तिनाथ मन्दिर आउँदो मंगलबारदेखि सर्वसाधारणको लागि खुल्ने, पीसीआर रिपोर्ट अनिवार्य ।

 

५) नयाँ विद्यालय खोल्न र अपग्रेडका लागि निवेदन पेस गर्न सरोकारवालालाई कमलामाई नगरपालिकाको अनुरोध, पुस मसान्तभित्र निवेदन दिनुपर्ने ।

 

६) ललितपुर महानगरपालिकाले आफ्ना नगरप्रहरीलाई ट्राफिक व्यवस्थापनबारे तालिम दिने, अब ट्राफिक व्यवस्थापन र सवारी पार्किङ सहज हुने ।

 

७) मकवानपुरको मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत, गत २९ मङ्सिरमा प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीद्वारा जानकारी ।

 

८) काभ्रेको नमोबुद्ध नगरपालिकाका कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तालिम भकुण्डेबेँसीमा सुरु, तालिम ३ दिनसम्म चल्ने ।

 

९) पर्साको ऐतिहासिक युद्ध स्थल पर्सागढीमा पर्सागढी नगरपालिकाले मनायो विजय महोत्सव, नगरपालिका कार्यालयबाट झाँकीसहितको पदयात्रा ।

 

१०) रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर- ११ सिक्टहनमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु, आगामी जेठ मसान्तभित्र निर्माण कम्पनीले भवनको काम सक्ने ।

 

११) खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानी घोर्लेमा २ दिने सुन्तला महोत्सव सम्पन्न, घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउने पालिकाको अभियान ।

 

१२) इलाम नगरपालिकाद्वारा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलाबाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण ।

 

१३) ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कार्यक्रमको औचित्य, र लाभान्वित क्षेत्रसमेतको विश्लेषणका आधारमा मात्र गैरसरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमति तथा स्वीकृति दिने, गैरसरकारी संस्था संचालन र नियमनका लागि कार्यविधि तयार ।

 

१४) मानव सेवा आश्रम कास्कीले तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकाको सहयोगमा २ पालिकाबाट ९ जनाको उद्धार गर्‍यो, खाना, नाना र छानाको अभावमा तड्पिइरहेकालाई उद्धार ।

 

१५) ललितपुर महानगरमा ऐन मिचेर कृषि सामग्री खरिद गरेको खुलासा, खरिद ऐनविपरीत डेढ करोड रुपैयाँभन्दा बढीको कृषि सामग्री किनेर बाँडिएको भन्दै उजुरी परेपछि अख्तियारद्वारा फाइल जफत ।

 

१६) भीड थेग्न नसकेपछि काठमाडौंको न्यूरोड क्षेत्रमा राखिएको अम्रेला स्ट्रिटको छाता हटाइयो, टिकटक बनाउने र फोटो खिच्नेहरूको भीड अब नियन्त्रण हुने ।

 

१७) ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण, टनेल पाउँदा कृषक दंग ।

 

१८) हुलाकी राजमार्गको कञ्चनपुर खण्डको निर्माण कार्य अलपत्र, २ पटक म्याद थपिँदासमेत सकिएन काम ।

 

१९) संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल निर्माण हुने, अब पालिकावासीले स्वास्थ्य सेवा लिन घण्टौँ लगाएर सदरमुकाम जानु नपर्ने ।