close

पालिकाका २० घटनाः राजदेवीका शिक्षकको तलव झ्वाम, २ जनाको गयो अकालमा ज्यान (भिडियो खबर)

पालिकाका २० घटनाः राजदेवीका शिक्षकको तलव झ्वाम, २ जनाको गयो अकालमा ज्यान (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


 

१) आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बूको थुलुङ दुधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य, सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता ।

 

२) बाजुराको बूढीनन्दा नगरपालिकाले मूल्यसूचीबिनै उपभोग्य वस्तु बिक्री गरे व्यापारीलाई ठाउँको ठाउँ कारबाही गर्ने, बजार अनुगमनमा जनप्रतिनिधि सक्रिय ।

 

३) रुकुम पूर्वको भूमे गाउँपालिकामा पहिलो पटक एमबीबीएस डाक्टरबाट स्वास्थ्य सेवा सुरु, कोभिड अस्थायी अस्पताल सञ्चालनमा आयो ।

 

४) रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलन गर्न इकाइ कार्यालय स्थापना, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा भने इकाइ कार्यालय स्थापना गर्न बाँकी ।

 

५) सात दिनभित्र अव्यवस्थित तार र पोस्टर हटाउन सरोकारवालालाई काठमाडौंको चन्द्रागिरि नगरपालिकाको निर्देशन, नहटाए नगरपालिका आफैँले हटाउने र हटाउँदा लाग्ने सबै खर्च सम्बन्धित संस्था या व्यक्तिबाट असुल गरिने ।

 

६) रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मी र शिक्षकले ६ महिनादेखि तलबभत्ता नपाएपछि आन्दोलन सुर गरे, कामकाज प्रभावित ।

 

७) इलामको देउमाई नगरपालिका–८ का ३३ वर्षीय सुवास राईद्वारा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या, राई प्रहरीको नियन्त्रणमा ।

 

८) दरबन्दी मिलान कार्य भइरहेको भन्दै सरकारले रोक्यो देशभरका शिक्षकहरूको जिल्लान्तर सरुवा, निर्णयले शिक्षक मारमा ।

 

९) झापाको भद्रपुर नगरपालिकाद्वारा लघु उद्यम विकास कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिदेखि उद्यमीसम्मको सहभागिता ।

 

१०) कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि डडेल्धुराको परशुराम नगरपालिकाको कार्यालयले प्रदान गर्ने सेवा माघ २ गतेसम्म बन्द, परशुरामधाममा हुने मेलासमेत स्थगित ।

 

११) ५० प्रतिशत निजी क्षेत्रको सहकार्यमा तरकारी तथा फलपूmल संकलन केन्द्र बिक्री कक्षसहितको हाटबजार निर्माण कार्यक्रमका लागि निवेदन पेस गर्न काठमाडौँको नागार्जुन नगरपालिकाले जारी गर्यो‍ सूचना, १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने ।

 

१२) स्याङ्जाको गल्याङ नगरपालिकाले पुस २७ र २८ गते मानसिक र स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर अयोजना गर्ने, नाम दर्ता गर्न नगरबासीलाई आग्रह ।

 

१३) रसुवाको धुञ्चे–खोदल सडक खण्ड निर्माणका क्रममा ढुंगाले लागेर त्यहाँ काम गर्ने एक जना श्रमिकको मृत्यु, मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका-१ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ ।

 

१४) खडेरीको मार खेप्दै आएका कर्णालीका किसान हिउँ परेपछि निकै खुसी, वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटे किसान ।

 

१५) मौसमी कारणले काठमाडौँ वायु प्रदूषण, मौसम सुधार नभएसम्म सतर्कता अपनाउन विज्ञको आग्रह ।

 

१६) सर्लाहीको बरहथवा नगरपालिकामा बा ५८प ४५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ७० वर्षीय ज्ञानबहादुर तामाङको मृत्यु, ठक्कर दिने मोटरसाइकल र चालक रामनगर गाउँपालिकाका सुशील गिरी प्रहरीको नियन्त्रणमा।

 

१७) मेगा क्यापिटलले धादिङको ज्वालामुखी गाउँपालिकाका उद्योगीलाई सहुलियतपूर्ण कर्जाबारे परामर्श दिने, सम्झौतापत्रमा मेगा बैंक, मेगा क्यापिटल, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच हस्ताक्षर ।

 

१८) चिसो बढेसँगै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि न्यानो कपडा बोकेर पुगे ज्येष्ठ नागरिकको घरघरमा, भद्रबासका ४ जना ज्येष्ठ नागरिकले पाए न्यानो कपडा ।

 

१९) धनकुटा नगरपालिकाको भीरगाउँमा पहिलो पटक पुग्यो बस, स्थानीय भए हर्षित, अब बसले दैनिक सेवा दिने ।

 

२०) सप्तरीको वीरेन्द्र बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल ।