close

जङ्क फुडको प्रयोग गर्ने विद्यालयको अनुदान कटौती

जङ्क फुडको प्रयोग गर्ने विद्यालयको अनुदान कटौती

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले बिस्कुट, चाउचाउ, थुक्पाबाहेकका शक्तिवर्द्धक खाजा खुवाएमा मात्र पालिकाभित्रका विद्यालयलाई दिवा खाजा कार्यक्रमको रकम निकासा गर्ने भएको छ । 


पालिकाले शक्तिवद्र्धक खाजा वा फास्ट फुड के खुवाएको हो भनेर सुपरीवेक्षण तथा अनुगमनसमेत गर्ने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार विद्यालयलाई शर्तसहित मात्र दिवा खाजा कार्यक्रमको रकम निकासा गरिनेछ ।

 

अब विद्यार्थीको दिवा खाजाको रकम दाबी गर्ने विद्यालयले दिवा खाजा कार्यक्रममा सहभागी विद्यार्थीको अभिलेख तयार गरी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाट प्रमाणित गराई पालिकामा पेस गर्नुपर्ने हुन्छ । 


विद्यालयले प्राप्त रकम विद्यार्थी वा अभिभावकलाई दिन पाउने छैन भने एकीकृत रूपमा व्यवस्था गरी खाजा खुवाउनुपर्ने हुन्छ । विद्यार्थीलाई सरसफाइमा राख्नु तथा खाजा खान स्थल सफा भएको हुनुपर्ने शर्त पनि गाउँपालिकाको रहेको छ ।

 

सम्भव भए स्थानीय स्तरमा उत्पादित अग्र्यानिक खाद्य वस्तुलाई दिवा खाजाको रूपमा प्रयोग गर्नसमेत गाउँपालिकाले विद्यालयलाई आग्रह गरेको छ । 


अनुगमनका क्रममा शर्तविपरीतका कार्य भएको पाइए दिवा खाजाको थप निकासा रोक्का गर्नेसमेत गाउँपालिकाले जनाएको छ ।