close

पालिकामा दिनभरः जागिर खान लाम, जाडोमा पालिकाका मह्लम (भिडियो खबर)

पालिकामा दिनभरः जागिर खान लाम, जाडोमा पालिकाका मह्लम (भिडियो खबर)

ADVERTISEMENT

१) सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठगी गर्ने एक व्यक्ति सुनसरीबाट पक्राउ, पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर- ८ का ४७ वर्षीय रामबलिकुमार दनुवार ।


२) स्याङ्जाको आँधीखोला गाउँपालिकाको भर्स्यायाङ-देउराली-पँचासे सडक खण्ड स्तरोन्नति तथा कालोपत्रे गरिने, पालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले गरे सडकको शिलान्यास ।


३) उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा त्रिवेणी मेला सुरु, मेला १५ दिनसम्म चल्ने ।


४) यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेस्थित कुमारी मन्दिर परिसरमा हुने, कार्यक्रमको तयारी पूरा भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले दिए जानकारी ।


५) महानगरीय प्रहरी वृत्त काठमाडौंमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन ९० हजार रुपैयाँ मागेको आरोपमा १ जना पक्राउ, पक्राउ पर्नेमा मकवानपुरको पालुङ नगरपालिका-१२ का बुद्धिबहादुर घलान ।


६) गुल्मीको कालीगण्डकी गाउँपालिका-२ मा जन्ती बोकेको ग१ज ५०८६ नम्बरको जिप दुर्घटना,  १४ जना घाइते, घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै ।


७) तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ सय ४ उजुरी दर्ता, अधिकांश उजुरी साँध-सीमा विवादका ।

 

८) बझाङमा चिसो बढ्दै गएपछि खप्तडछान्ना गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्‍यो कम्बल, कम्बल पाउँदा ज्येष्ठ नागरिक हर्षित ।

 

९) कैलालीको धनगढीमा निर्माणाधीन हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु, मृतक जिल्ला कारागारमा कार्यरत प्रहरी जवान जीवन चौधरी ।

 

१०) दाङको तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टामा ग्यास लिक भएर आगलागी हुँदा २ जना गम्भीर घाइते, घाइते हुनेमा वसन्त वली र उनकी श्रीमती गीता वली ।

 

११) काठमाडौँ चन्द्रागिरि  नगरपालिका - २ नागढुंगास्थित चेकपोस्टबाट लागूऔषधसहित एक जना पक्राउ, पक्राउ पर्नेमा सिन्धुपाल्चोकका उमेश गहतराज ।

 

१२) खोटाङको बराहपोखरी गाउँपालिकामा २ जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन, ५ माघमा परीक्षा सञ्चालन गर्ने पालिकाको तयारी ।

 

१३) ताप्लेजुङ प्रहरीद्वारा लागूऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ, पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु ।


१४) काभ्रेको धुलिखेल नगरपालिका, नेपाल नगरपालिका संघ, पुनर्निर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलका पुराना बस्तीलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न पहल सुरु, सरोकारवालाको सहभागितामा अन्तर्क्रिया सम्पन्न ।

 

१५) मनाङको नासोँ गाउँपालिकाको अन्नपूर्ण संरक्षण क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएन, बोट-बिरुवा जलेर नष्ट ।

 

१६) आफैँले काटेको रुखले च्यापेर गोरखामा एक किशोरको मृत्यु, मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका-३ तान्द्राङमा १८ वर्षीय उमेश राई ।


१७) रूपन्देहीको सैनामैना नगरपालिकाद्वारा आरन पेसामा लागेका दलित समुदायलाई जीविकोपार्जनका लागि आधुनिक उपकरण प्रदान, २४ जनाले पाए  उपकरण ।

 

१८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा साना किसान पशुपालन अनुदान कार्यक्रमअन्तर्गत दुधालु भैँसी किन्न प्रतिकिसान २० हजार वितरण, १ सय २५ जना कृषकले पाए भैँसी किन्न पैसा ।

 

१९) छोराको कुटपिटबाट अर्घाखाँचीमा एक महिलाको मृत्यु, मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका-१ तुमकोटकी ५५ वर्षीय हिराकुमारी सार्की ।

 

२०) ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ नारासहित पाँचौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी देशैभरि मनाइयो ।