close

खजुरा खोलामा ट्रस ब्रिज

खजुरा खोलामा ट्रस ब्रिज

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको बर्दघाट वडा नम्बर १४ स्थित खजुरा खोलामा ट्रस ब्रिज (फलामे पुल) शिलान्यास गरिएको छ । चौपत्ताबाट वडा नम्बर १४ को कार्यालय जाने स्थानमा बनाइन लागेको पुलको नगरप्रमुख धीरज शर्मा बस्यालले शिलान्यास गरेका हुने ।


नगरका अन्य खोला–खोल्सामा पनि ट्रस ब्रिज निर्माणका लागि संघीय र प्रदेश सरकारसँग माग गरिएको नगरप्रमुख बस्यालले बताए । ३४ लाख ६४ हजार रुपैयाँ कुल लागत रहेको पुलको लम्बाइ ३२ मिटर र चौडाइ १.५ मिटर रहने उनले जानकारी दिए ।


बर्दघाट वडा नम्बर १४ का वडाध्यक्ष केशबबहादुर खत्रीले उक्त बाटोमा पुल नहुँदा सर्वसाधारण आउजाउत कठिनाइ बेहोर्नु पर्ने अवस्था हटाउन पुल निर्माण गरिएको बताए ।


पुल निर्माणको जिम्मा हिकोडेफले लिएको छ । करिब १ महिनाभित्र पुल निर्माण सम्पन्न भइसक्ने उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर कुँवरको भनाइ छ ।


बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित नगर मुख्यालयदेखि पश्चिम नजिकै यसअघि ट्रस ब्रिज बनाइएको थियो । नगरमा ट्रस ब्रिज (फलामे पुल) प्रति आकर्षण बढ्दो छ ।