close

पाणिनि गाउँपालिकाको दसौँ गाउँसभा सम्पन्न

पाणिनि गाउँपालिकाको दसौँ गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

रूपन्देही- अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दसौं हिउँदे गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा बजेट समायोजन, योजना संशोधन प्रस्ताव र केही कानुनी विधयेक प्रस्ताव पेस भएका छन् ।

 

गत असारको ६५ करोड बजेटमा २ करोड ९ हजार ५ सय रुपैयाँ आयमा कमी देखिएकाले बजेट समायोजन गर्नु परेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।


गाउँपालिकाले खरको छानो विस्थापन, एक घर एक धारोको कार्यक्रम, बोयर बाख्रा स्रोत केन्द्र निर्माण, दूध उत्पादकलाई अनुदान, सुन्तला खेती, उन्नत आलु उत्पादन, नगदेबालीजस्ता कृषि कार्यक्रममा दिइएको अनुदान रकम सदुपयोग भएको उनले दाबी गरे ।

 

अध्यक्ष गौतमले भने, ‘पशुपालनमा पालिका देशकै उत्कृष्ट भएकामा सबैले खुसी व्यक्त गरे । गाउँपालिकाले सञ्चालन गरेको २ वटा एम्बुलेन्सबाट गाउँबासीलाई सहयोग पुगेको छ ।’ 


८ लाखसम्मका विकास निर्माणका काम उपभोक्ता समितिबाट गर्न सकिने, बैंक खाता गाउँमै गएर खोलिदिने एवं उपभोक्ता समितिबाट हुने काममा धेरै सहज हुँदै गएको र फाइल प्राप्त भएको ७ दिनभित्र भुक्तानी गर्ने पालिकाको नीतिलाई सफल भएको कार्यपालिका सदस्यले बताए ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले स्वास्थ्य क्षेत्रको रिक्त दरबन्दी पूर्ति हुने काम भइरहेको एवं विपद् व्यवस्थापनलाई जिल्ला प्रशासन कार्यालय र केन्द्रको मापदण्डअनुसार जारी राखिएको जानकारी दिए । 

 

पालिका उपाध्यक्ष्य लक्ष्मी गौतमले जनचहानाअनुसार गाउँपालिकाले काम गरेको बताइन् ।