close

सहिदनगर वडा नम्बर ६ को कार्यालय शिलान्यास 

सहिदनगर वडा नम्बर ६ को कार्यालय शिलान्यास 

Trulli
ADVERTISEMENT

धनुषा- धनुषास्थित सहिदनगर नगरपालिकाको वडा नम्बर ६ को कार्यालय भवन शिलान्यास गरिएको छ । सहिदनगर नगरपालिका वडा नम्बर ६ हडबाराको वडा भवन शिलान्यास भएको हो । जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत यादवले वडा भवन शिलान्यास गरे । 

 

६० लाख रुपैयाँ लागतको वडा भवन निर्माण भएपछि सबै सेवा एकै ठाउँबाट प्रवाह गरिने नगरप्रमुख उदयकुमार बरबरियाले बताए । नागरिककालाई सहज रूपमा सेवा प्रवाह गर्न वडा भवन निर्माण अगाडि बढाइएको उनले जानकारी दिए । 


कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रामएकवाल मण्डलले भवन निर्माणपछि वडाबासीलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति दीपक झा, वडा नम्बर ८ का वडाअध्यक्ष तनुकलाल यादव, वडा सदस्य वीरेन्द्र मण्डल, नगरपालिका अधिकृत रामकिशोर महतोलगायत उपस्थित थिए ।