close

भीरबाट लडेर वडा सदस्यको मृत्यु 

भीरबाट लडेर वडा सदस्यको मृत्यु 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिका-२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु भएको छ ।

 

शनिबार रतन्छाबाट मबु जाने क्रममा वाकुर्तुम जंगलमा रहेका भीरबाट लगेर वडा सदस्य फुयाँलको मृत्यु भएको हो । करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले जानकारीदिए ।

 

फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।