close

सुत्केरी हुनुहुन्छ ? प्रतीक्षामा छ सुत्केरी घर

सुत्केरी हुनुहुन्छ ? प्रतीक्षामा छ सुत्केरी घर

Trulli
ADVERTISEMENT

बागलुङ- पहिला-पहिला महिलाहरू घरमै सुत्केरी हुन्थे । पछिल्लो समय सरकारले अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान चलाएको छ । 

 

यो अभियानस्वरूप बाग्लुङका गाउँ-गाउँमा बर्थिङ सेन्टर पनि खुलेका छन् । जनशक्तिसमेत भएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ ।

 

तर, सुत्केरीका लागि स्वास्थ्य संस्था लगेपछि कता राख्ने ? ढिला लगे बाटैमा सुत्केरी हुने वा रक्तश्राव बढी हुने खतरा । छिटो गए बस्ने ठाउँ नहुने । 

 

पछिल्लो समय बागलुङका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा सुत्केरी प्रतीक्षा घर बन्न थालेका छन् । ती घरले २-३ दिनअघि गए पनि, पछिसम्म बस्नु परे पनि सहज वातावरण बनेको छ । सुत्केरी स्याहार गर्न जानेलाई पनि उक्त घरले सुरक्षित बसोबासको व्यवस्थापन गरेको छ ।

 

‘कता बस्ने भन्ने समस्या थियो । अहिले हट्यो,’ निसीखोला वडा नम्बर ३ की नवीना पुनले भनिन्, ‘सजिलै सुत्केरी सेवा पनि लियौँ । परिवारका सदस्यलाई पनि बस्ने व्यवस्था मिल्यो ।’ 


उनको स्याहारका लागि गएका परिवारका सदस्यले स्वास्थ्य संस्थामै बस्ने अवसर पाए । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार र परिवारको सदस्यबाट स्याहारपाएपछि स्वस्थ्य भएर घर फर्किएको उनले सुनाइन् ।

 

उनीजस्तै सीता विक र देवी रेग्मीले पनि यो सेवा पाएका छन् । ‘स्वास्थ्य संस्थामा उपचारका लागि गए पनि बस्ने ठाउ“ नभएपछि सास्ती हुन्थ्यो । त्यसैले सहरतर्फ जान्थे । अहिले बोहरागाउ“ स्वास्थ्य चौकीमा प्रसूति कुरुवा तथा प्रतीक्षाघर बनेको छ ।

 

यो घरमा सुत्केरीपूर्व र पछि पनि सुत्केरीलाई राखेर स्याहार गर्न पाइन्छ । सुत्केरी स्याहारका लागि आएका परिवारका सदस्य पनि बस्न मिल्छ । चौबीसै घन्टा स्वास्थ्यकर्मी पनि बस्छन्,’ गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने ।

 

यो व्यवथापनले गाउ“ तहमा सुत्केरी सेवा सुरक्षित र भरपर्दो भएको अध्यक्षको पौडेलेको बुझाइ छ ।

 

५ लाख ५५ हजार रुपैया“ मात्रै खर्चिएर यो कोठा बनेको हो । गाउ“पालिकाले ३ लाख र फेयरमेड नामक संस्थाले २ लाख ५५ हजार रुपैया“ सहयोग गरेपछि सुत्केरी कुरुवा घर बनेको हो । यहा“ ३ वटा बेड राखिएको छ ।
स्वास्थ्य चौकीभित्रै पनि सुत्केरी सेवा लिने ५ जनासम्म रहने व्यवस्थापन छ । अपरेसन गर्नेबाहेक अन्य समस्या तत्काल समाधान गर्न सक्ने उपकरण जडान गरिएको छ ।

 

‘बच्चा जन्मेपछि श्वासप्रश्वास समस्या भए खुलाउने, बच्चा र आमालाई न्यानो बनाइराख्ने र सरसफाइका धेरै सामग्री थपिएको छ,’ स्वास्थ्य चौकीका प्रमुख कसेन्द्र शाहीले भने, ‘हामीले नो होम डेलिभरीको अभियान चलाएका छौँ । सफल पनि भयौँ ।’ 

 

स्वास्थ्य संस्थामा थोरै लगानी र व्यवस्थापन परिवर्तन हु“दा सफलता मिलेको उनको भनाइ छ । फेयरमेड फाउन्डेसनमार्फत अत्यावश्यक उपकरण सहयोग भएको उनले जानकारी दिए ।

 

सेवा-सुविधा थपिएकै कारण यहा“ सुत्केरी हुनेको संख्या पनि बढेको छ । गत वर्ष १ सय ४४ जनामध्ये १ सय ४० जना यहीँ सुत्केरी भएका थिए । तीमध्ये १ सयले प्रतीक्षाघरको उपयोग गरेको रेकर्ड छ । 

 

४ जना जटिल समस्याले सहर पसेको शाहीले बताए । चालू वर्ष यहा“ १ सय ७० सुत्केरी हुने अनुमान छ ।

 

यस्तै, प्रतीक्षाघर बुंगादोभान, खरवाङ, खुंखानी, बोबाङलगायत स्थनमा बन्न थालेका छन् । स्थानीय पालिकाले थोरै रकम लगानी गर्दा संस्थाले लगानी थपेको फेयर मेड फाउन्डेसनका कार्यक्रम अधिकृत गणेश बरुवालले बताए । ‘पुराना र खिया लागेका बेड फेरिएका छन् । हरेक स्वास्थ्य संस्थामा न्यानो कोठा बनेका छन्,’ उनले भने, ‘एउटै संस्थामा ६५ प्रकारका उपकरण थप हु“दा सेवाको गुणस्तर बढेको हो ।’ 

 

श्वास-प्रश्वास रोकिए तत्काल उपचार गर्ने पद्धति सबै स्वास्थ्य संस्थामा पुगेको उनले सुनाए ।

 

बागलुङको पश्चिम क्षेत्रका अधिकांश गाउ“मा घरमै सुत्केरी हुने चलन बढी थियो । ३ वर्षदेखि स्थानीय पालिकाले ‘नो होम डेलिभरी’ लाई साथ दिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

 

बागलुङका ८५ वटा वडामध्ये ५५ स्थानमा बर्थिङ सेन्टर स्थापना भइसकेका छन् । ती सेन्टरमा स्वास्थ्य कार्यालय, गाउ“ तथा नगरपालिका र अन्य दाता संस्थाले उपकरण थपेपछि सेवाको गुणस्तर बढेको उनले बताए ।

 

मुख्य-मुख्य स्वास्थ्य चौकीमा कार्यालयले भिडियो एक्सरे सेवा विस्तार गरेको छ । ‘सामान्य समस्याले पोखरा पुग्नुपर्ने बाध्यताका महिलाले गाउ“मै सेवा लिन सकेका छन्,’ गुरौले भने, ‘अझै दर्जन स्वास्थ्य चौकीमा भिडियो एक्सरे व्यवस्थापनको खोजी भइरहेको छ ।’ 

 

तालिम दिएर दक्ष जनशक्ति बनाउने काम थालिसकेको र उपकरणका लागि दाता चाहिएको उनको भनाइ छ ।