close

पालिकाका २० खबरः जागिर खान बागचौरको निम्तो, भीमसेनमा चक्रपथको रन्को (भिडियो खबर)

पालिकाका २० खबरः जागिर खान बागचौरको निम्तो, भीमसेनमा चक्रपथको रन्को (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने, पुल निर्माण सम्पन्न भए गुल्मी र बागलुङ जिल्लाका नागरिक लाभान्वित हुने ।

 

२) सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु, प्रतियोगितामा ११ वडाका टिमको सहभागिता ।

 

३) शीतलहरका कारण चिसो बढेपछि कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय थप चार दिनका लागि बन्द गर्ने निर्णय, १५ माघदेखि विद्यालय खुल्ने ।

 

४) कैलालीको गोदावरी नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ, पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका-१का २८ वर्षीय पुरन कोटारी ।

 

५) काठमाडौं महानगरले सबै विद्यालय खोल्न दियो अनुमति, नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गर्ने शिक्षा समितिको निर्णय ।

 

६) गोरखाको पालुङटार नगरपालिकाले ७ फागुनमा लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता गर्ने, प्रतियोगिता कुल ५५ किलोमिटरको हुने ।

 

७) महोत्तरीको औरही नगरपालिकामा ना ८ ख ९८० नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु, मृतक बलवा नगरपालिकाका प्रमोदराम चमार र औरही नगरपालिकाका गुड्डु नदाफ ।

 

८) बाग्लुङको काठेखोला गाउँपालिका-७ स्थित रेश स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न स्थानीयले दिए निःशुल्क जग्गा, अब पालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने ।

 

९) संखुवासभाको पाँचखपन नगरपालिकाकी कार्यपालिका एक सदस्य सहकारीको कर्मचारी भएको खुलासा, सीता तामाङ गुप्तेश्वर साना किसान कृषि सहकारी संस्थाको प्रबन्धक ।

 

१०) लुम्बिनी प्रदेशमा १४ माघदेखि कोरोनाविरुद्धको खोप लगाइँदै, पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, शववाहनकर्मी, स्वयंसेविका र सुरक्षाकर्मीलाई लगाइने ।

 

११) स्थानीय तहबाट प्रदेश वा संघमा आउन नमिल्ने गरी कर्मचारी समायोजन मापदण्ड तयार, मन्त्रालयले बनाएको मापदण्ड सातै प्रदेश र स्थानीय तहमा पठायो ।

 

१२) सल्यानको बागचौर नगरपालिकाले करारमा कर्मचारी भर्ना गर्ने, तीन इन्जिनियर पदपूर्तिका लागि नगरले विज्ञापन खुलायो, इच्छुकले ७ दिनभित्र सम्पर्क गर्नुपर्ने ।

 

१३) बाराको निजगढ नगरपालिकाद्वारा अशक्त र अपांगता भएका व्यक्तिलाई चिसोबाट बच्न ब्ल्याङ्केट वितरण, अभियानअन्तर्गत सम्पूर्ण वडामा नगरपालिकाले ब्ल्याङ्केट वितरण गर्ने ।

 

१४)  जाजरकोटको भेरी नगरपालिकाको हिउँदे विधायनसभा सुरु, सभाले गर्ने भयो विभिन्न निर्णय ।

 

१५) धनुषामा ट्रयाक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु, मृतक धनुषाको विदेह नगरपालिका-३ का विनोदकुमार महरा ।

 

१६) प्रधानमन्त्री केपी ओलीद्वारा दाङको राप्ती नदीमाथि बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन, पुलले राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने ।

 

१७) कञ्चनपुरको ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी हात्तीको बथानले भत्काइदिए, पीडितको विचल्ली ।

 

१८) विषयगत शिक्षकको माग गर्दै वीरगञ्ज महानगरको गेटअगाडि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरे नाराबाजी र प्रदर्शन, महानगरपालिका मौन ।

 

१९) सबै वडालाई गाउँपालिकाको केन्द्रसँग सहज रूपमा जोड्न गोरखाको भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माण सुरु, चक्रपथ निर्माणका लागि सात करोड रुपैयाँ बजेट विनियोजन ।

 

२०) पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ५० वर्षीय पुरुषको मृत्यु ।