close

आजको पालिकाः निभेन मनाङको आगो, झन वढ्यो भ्रष्टाचारको जालो (भिडियो खबर)

आजको पालिकाः निभेन मनाङको आगो, झन वढ्यो भ्रष्टाचारको जालो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँका अग्निपीडितलाई राहत लिएर पुग्यो कर्णाली प्रदेश सरकारका कानुनमन्त्री नरेश भण्डारीको टोली, पीडितले पाए विभिन्न राहत सामग्री ।

 

२) इलाम नगरपालिका-७ मा कभर्ड हल निर्माण हुने, नगरप्रमुख महेश बस्नेतले गरे कभर्ड हलको शिलान्यास ।

 

३) मनाङको नासो गाउँपालिकाको थोचे क्षेत्रको जंगलमा मंगलबार रातीदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, बोट-बिरुवा जलेर नष्ट ।

 

४) सन्थाल जातिको सोहराय पर्वको अवसरमा मोरङको रतुवामाई नगरपालिकाले दियो सार्वजनिक बिदा, मातहतका कार्यालय पनि बन्द ।

 

५) सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, मृतक चालक तिलाठी कोइलाडी गाउँपालिका-३ का ३० वर्षीय शिवकुमार मुखिया ।

 

६) सिन्धुलीको कमलामाई नगरपालिकाको सहयोग र सौगात लघु उघम सहकारी संस्थाको आयोजनामा महिला लक्षित परालको चप्पल बनाउने १० दिने तालिम सम्पन्न, नगरप्रमुख खड्ग खत्रीले प्रशिक्षार्थीलाई वितरण गरे प्रमाणपत्र ।

 

७) मिथिला नगरपालिकाद्वारा भूमिसुधार तथा मालपोत कार्यालय धनुषालाई १५ थान आगो निभाउने उपकरण प्रदान, नगरप्रमुख हरिनारायण महतोले गरे उपकरण हस्तान्तरण ।

 

८) बिहीबारदेखि स्वस्थानी व्रत आरम्भ, काठमाडौंको शंखरापुर नगरपालिकाको शालीनदीमा मेला सुरु ।

 

९) बाक्लो हुस्सु र चिसो बढेका कारण रूपन्देहीको सैनामैना नगरपालिकाका विद्यालय दुई दिन बन्द, पठनपाठन प्रभावित ।

 

१०) डोटीको केआईसिंह गाउँपालिका-६ मा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जना पक्राउ, पक्राउ परेका काली भुलमाथि प्रहरीले थाल्यो अनुसन्धान ।

 

११) अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ मा एक पुरुष मृत फेला, मृतकको अझै परिचय खुलेन ।

 

१२) दाङको घोराही उपमहानगरपालिकाले मनायो ४३ औं स्थापाना दिवस, दिवसका अवसरमा विभिन्न कार्यक्रम ।

 

१३) रामेछापको मन्थली नगरपालिकामा युवा परिषद्को आयोजनामा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी एक हप्ते तालिम सुरु, तालिममा नगरबासीको उल्लेख्य सहभागिता ।

 

१४)  उदयपुरको बेलका नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको सहयोगमा चार दिने आँखा शिविर जारी, नगरवासी लाभान्वित ।

 

१५) झापाको कमल गाउँपालिकामा मानव बस्तीछेउमै इँटा उद्योग खोल्ने तयारी, वातावरण प्रदूषणलाई बेवास्ता गरेपछि स्थानीय भए आन्दोलित ।

 

१६) नेपालमा भ्रष्टाचार झन् बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रतिवेदन, नेपाल विश्व सूचकांकको ११७औँ स्थानमा ।

 

१७) रामेछाप नगरपालिकाको आठौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न निर्णय ।

 

१८) युद्धकालमा बेपत्ता पारिएकाका परिवारलाई बल्ल परिचयपत्र, बर्दियाको गुलरियाबाट परिचयपत्र वितरण सुरु ।

 

१९) दैलेख र कालीकोट अन्तरजिल्ला सडक सञ्जालमा जोडियो, पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा ।


२०) कोरोनाविरुद्धको खोप अभियान देशैभर जारी, देशव्यापी अभियानले नागरिकमा थपियो उत्साह ।