close

ताप्लेजुङमा निर्वाचनको तयारी

ताप्लेजुङमा निर्वाचनको तयारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङका ९ वटै स्थानीय तहमा बिहीबार मतदाता नामावली प्रकाशन भएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाले ९ वटै स्थानीय तहमा मतदाता नामावली प्रकाशन भएको जानकारी दिए ।

 

ताप्लेजुङको फक्ताङ्लुङ र मैवाखाला गाउँपालिकाले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा सक्रिय सहभागिता जनाइदिन मतदातालाई आग्रह गरेका छन् । निर्वाचन कार्यक्रमअनुसार १५ माघमा सबै स्थानीय तहका केन्द्रमार्फत सम्बन्धित स्थानीय तहभित्रका मतदाताको नामावली प्रकाशन गर्नुपर्ने निर्देशन छ ।

 

फक्ताङ्लुङका सहायक नाम दर्ता अधिकारी पवनकुमार देवले पालिकाको केन्द्र तापेथोकमा मतदाता नामावली प्रकाशन गरिएकाले १६-१८ माघसम्म मतदाता नामावली अद्यमावधिकमा सहभागिता जनाइदिन मतदातालाई आग्रह गरिएको बताए ।

 

मैवाखोलाका सहायक नाम दर्ता अधिकारी प्रेमबहादुर कार्कीले पालिका केन्द्रमा मतदाताको नामावली प्रकाशन गरिएकाले १८ माघभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन र दोहोरो नाम हटाउन निवेदन दिन आग्रह गरे । 

 

यस्तै, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन, कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन सकिने उनको भनाइ छ ।

 

निर्वाचन आयोगले १५-२० माघसम्म देशभरका स्थानीय तहका केन्द्रमार्फत मतदाता नामावली अद्यावधिक (दाबी बिरोध) गर्ने कार्यक्रम राखेको छ । सरकारले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेअनुसार निर्वाचन आयोगले निर्वाचनका कार्यक्रम सुरु गरेको हो ।

 

सोहीअनुसार १६, १७ र १८ माघमा देशभरका स्थानीय तहका केन्द्रमार्फत मतदाता नामावली अद्यावधिक गर्ने कार्य हुने भएको हो । 

 

यो कार्यका लागि सम्बन्धित स्थानीय तहले सहायक नाम दर्ता अधिकारी तोकेर जिल्ला निर्वाचन कार्यालयलाई जानकारी दिएपछि कार्यालयले सहायक नाम दर्ता अधिकारीको रूपमा थप जिम्मेवारी दिएको हो ।