close

सहिद दिवसमा पनि ठडिएन हरिबहादुरको शालिक

सहिद दिवसमा पनि ठडिएन हरिबहादुरको शालिक

Trulli
ADVERTISEMENT

जुम्ला- १६ माघमा देशभरका विभिन्न जिल्लामा सहिदका शालिकमा माल्र्यापण गरियो । जुम्ला कर्णाली स्वायत्त प्रदेश माग्दै भएको आन्दोलनमा सहिद भएका हरिबहादुर कुँवरको शालिक निर्माण सम्पन्न भएको छ । तर, राख्ने स्थान नहुँदा सहिद दिवसमा पनि शालिक ठड्याउन सकिएन ।


६ भदौ २०७२ मा बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा शालिक राख्ने निर्णय राजनीतिक दलले कार्यान्वयन नगर्दा ठाउँ अभाव भएको हो ।


तत्कालीन समय उनले ज्यान बलिदान गरेको स्थान जिल्ला प्रशासन कार्यालयको छेउछाउ राख्दा उचित हुने निष्कर्षमा राजनीतिक दल पुगे पनि तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा शालिक राख्ने निर्णय भएको थियो । 

 

तर, अहिले नयाँ भवन निर्माण गर्दा शालिक राख्ने स्थानसमेत नभएपछि अन्योल भएको छ । सहिद हरिबहादुर कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले भने, ‘शालिक बनेको लामो सयम बितिसक्दा पनि राख्ने जग्गासमेत नहुनु विडम्बना हो । दलहरूले गरेको निर्णय कार्यान्वयन हुनुपर्दछ ।’


चन्दननाथ नगरपालिका, हिमा, तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा १३ लाख रुपैयाँको लागतमा शालिक निर्माण भएको हो ।