close

विद्युतका ४ जना कर्मचारी घुस लिँदालिँदै पक्राउ

विद्युतका ४ जना कर्मचारी घुस लिँदालिँदै पक्राउ

Trulli
ADVERTISEMENT

धनुषा- नेपाल विद्युत् प्राधिकरण ढल्केबर फ्युज शाखाका ४ जना कर्मचारीलाई ५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

 

धनुषाको क्षीरेश्वर नगरपालिका महेन्द्रनगरस्थित नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ढल्केबर फ्युज शाखामा कार्यरत ४ जना कर्मचारीलाई ५ हजार रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको हो । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ विश्रामपुरबाट उनीहरूलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने कर्मचारीमा जगतनारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहरकुमार महतो र एमकुमार महतो रहेका छन् । 

 

पक्राउ परेका कर्मचारीले विश्रामपुरस्थित एक कुखुरा फर्ममा विद्युत् जडान गरिदिएबापत सेवाग्रहीसँग गैरकानुनी रूपमा ५ हजार रुपैयाँ रकम लिएका थिए । 


सोही सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

 

कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार कार्यालयले जनाएको छ ।