close

१२ घन्टा २० खबर : गाउँमा गाडीको खुसी, केन्द्र र प्रदेशमा भने सत्ताकै हुटहुटी (भिडियो खबर)

१२ घन्टा २० खबर : गाउँमा गाडीको खुसी, केन्द्र र प्रदेशमा भने सत्ताकै हुटहुटी (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) अवैध चिठ्ठा खेलाउने एक भारतीय कारोबारी झापाको भद्रपुर नगरपालिकाबाट पक्राउ, पक्राउ पर्नेमा २२ वर्षीय मोहम्मद समीर ।

 

२) चिसो बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगर र कोहलपुर नगर क्षेत्रका विद्यालय तीन दिन बन्द, जनजीवन थप प्रभावित ।

 

३) झापाको कचनकवल गाउँपालिका-१ स्थित एक घरमा आगलागी हुँदा घरधनी ५५ वर्षीय गोवर्द्धन राजवंशीको जलेर मृत्यु, घर पनि पूर्ण रूपमा नष्ट ।

 

४)  राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा प्रकाशित, नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने ।

 

५) दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु ।

 

६) खोटाङमा ना५ख ९०२२ नम्बरको बसले किच्दा वृद्धाको मृत्यु, मृतक दिप्रुङ चुइचुइचुम्मा गाउँपालिका-३ की ७२ वर्षीया चन्द्रकुमारी राई ।


 
७) बागमती प्रदेशसभाको बैठक स्थगित भएपछि बोलाउन माग गर्दै नेकपा (प्रचण्ड-माधव समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि गर्‍यो नाराबाजी, बैठक  ५ फागुनमा बस्न ।

 

८) जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ मजकोटमा पहिलो पटक पुग्यो गाडी, गाउँमा गाडी पुग्दा स्थानीयले गरे बाजागाजासहित स्वागत ।

 

९) सरकारले थप १६ सीमा नाका खुला गर्ने निर्णय गरे पनि कञ्चनपुरको गड्डाचौकी नाका अझै खुलेन, सीमा क्षेत्रका स्थानीय सास्ती खेप्दै ।

 

१०) प्रधानमन्त्री केपी ओलीद्वारा धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा रहेको देशकै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन उद्घाटन, अब अन्तरदेशीय विद्युत् आदानप्रदान गर्न सहज हुने ।

 

११) म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरी पहिलो पटक पुगे डाक्टर, स्वास्थ्य सेपा पाउने भएपछि पालिकाबासी दंग ।

 

१२) जिल्ला अस्पतालमा उपचार हुन नसक्दा हुम्लामा एक गर्भवतीको मृत्यु, मृतक खार्पुनाथ गाउँपालिका-१ की गीता बुढा ।

 

१३) रूपन्देहीको सैनामैना नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ स्थापना, अब भूमिहीन पहिचानको काम सुरु गरिने ।

 

१४)  लुम्बिनी प्रदेश समन्वय परिषद्को चौथो बैठक रूपन्देहीमा सम्पन्न, बैठकमा सहभागीबीच भयो विभिन्न विषयमा छलफल ।

 

१५) कास्कीको रूपा गाउँपालिकाद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान, १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा पनि निःशुल्क ।

 

१६) संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको डाइभर्सन टनेल निर्माण सम्पन्न, अरुण नदीको पानी टनेलतर्फ फर्काइयो ।

 

१७) विदेशी मुद्रा अपचलन गर्ने मनिचेन्जर सञ्चालक पर्साको वीरगन्जबाट पक्राउ, पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका गोपालप्रसाद सोनार ।

 

१८) बाग्लुङ नगरपालिकाका विद्यालयमा अध्ययनरत  छात्रालाई आइरन चक्की खुवाउने अभियान सुरु, अभियानमा एक हजार ५०० किशोरी सहभागी हुने ।

 

१९) नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी, कार्यपालिका सदस्यले नै लगाए ताला ।

 

२०) धादिङको थाक्रे गाउँपालिका-२ कोइरालेमा रोकिराखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा दुई जनाको गयो ज्यान ।