close

जनकपुरधाम पस्यो अख्तियार ! 

जनकपुरधाम पस्यो अख्तियार ! 

Trulli
ADVERTISEMENT

धनुषाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय माथि परेका विभिन्न उजुरीहरुको अनुगमन थालेको छ । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा परेका विभिन्न उजुरीउपर आजदेखि अनुगमन सुरु गरिएको हो । 

 

अख्तियार कार्यालय बर्दिबासका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले जनकपुरधाम उपमहानगरपालिकामाथि परेका उजुरीहरुको छानविन थालेको हो । 

 

मुद्दाको काम कारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव ज्ञवालीले जानकारी दिए । 

 

उपसचिव ज्ञवालीको नेतृत्वमा आएको टोलीमा अख्तियार कार्यालयका इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायतका रहेका छन् । 

 

उपमहानगरपालिकाद्वारा सञ्चालन भएका योजनाहरुको आजदेखि स्थलगत अनुगमन सुरु गरेको र यो कार्य निरन्तर जारी रहने उनले बताए । टोलीले अहिलेसम्म ४ वटा उजुरीमाथि छानविन गरिसकेको र बाँकी उजुरीमाथि छानविन निरन्तर जारी रहने अख्तियार टोलीले पालिका खबरलाई जानकारी दियो । 

 

करोडौं बजेट र हजारौं योजना सञ्चालन गरेको उपमहानगरका जनताका एकाध गुनासो आउनु स्वभाविक रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाकाकी उपप्रमुख रिता कुमारी मिश्रले पालिका खबरसँग भनिन्, ‘अख्तियार टोलीलाई सहयोग गर्छाैं ।’