close

प्रदेश २ का १५ जनाले पाए द्वन्द्वपीडित परिचयपत्र

प्रदेश २ का १५ जनाले पाए द्वन्द्वपीडित परिचयपत्र

Trulli
ADVERTISEMENT

धनुषा- सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालले प्रदेश २ का १५ द्वन्द्वपीडितलाई पीडित–कार्ड वितरण गरेको छ । जनकपुरधाममा आयोजित कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिका प्रमुख लालकिशोर साहले पीडितलाई पीडित–कार्ड वितरण गरेका हुन् ।

 

कार्यक्रममा प्रदेश २ का १५ जनालाई कार्ड वितरण गरिए पनि त्यसमा बढी जनकपुरधाम उप–महानगरका पीडित बढी रहेको आयोगका सदस्य डा. गोविन्द गौतमले जानकारी दिए ।

 

माओवादी द्वन्द्वकालमा बेपत्ता भएकाहरूको तथ्यांक संकलन गर्न र उनीहरूलाई न्याय दिलाउन  गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा चालू आर्थिक वर्षसम्म ६४ हजार उजुरी परेका छन् । यसमा मधेस तथा अन्य आन्दोलनका पीडितलाई सहभागी गराइएको छैन ।

 

द्वन्द्वकालमा सेना र माओवादी दुवैबाट पीडित भएकालाई परिपूरक फाराम भराई सोहीअनुसार राहत व्यवस्था गर्न लागिएको हो ।

 

सुर्खेत, पोखरा, धादिङ, इलाम, झापा हुँदै जनकपुरधाममा पीडित कार्ड वितरण गरिएको हो । द्वन्द्वपीडितले कार्ड पाएपछि सरकारबाट प्रदान गरिने सेवा–सुविधा प्राप्त गर्नेछन् ।

 

कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–कार्यक्रममा उपमहानगर प्रमुख साहले सरकारले बाँड्न थालेको पीडित कार्डले द्वन्द्वपीडितलाई राहत हुने विश्वास व्यक्त गरे ।