close

नगरपालिका प्रमुखलाई विद्यालय व्यवस्थापनको जिम्मा

नगरपालिका प्रमुखलाई विद्यालय व्यवस्थापनको जिम्मा

Trulli
ADVERTISEMENT

महाेत्तरी- महाेत्तरीको मटिहानी नगरपालिकामा अवस्थित श्रीराम उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल सर्वसम्मत निर्वाचित भएका छन् । 

 

सोमबार विद्यालय व्यवस्थापन समिति चयनका लागि बसेको अभिभावकको भेलाले नगरप्रमुख मण्डललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

 

विद्यालय व्यवस्थापन समिति चयनका लागि बोलाइएको भेलामा अधिकांश अभिभावकले मण्डलको पक्षमा हात उठाएर सहमति दिएपछि उनलाई विद्यालय व्यवस्थापनको थप जिम्मेवारी आइलागेको हो । 


अघिल्लो कार्यकालमा पनि सो विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नगरप्रमुख मण्डल नै थिए । उनको कार्यावधि १३ फागुन २०७६ मा सकिएपछि विद्यालय अध्यक्षविहीन थियो ।