close

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगरसभा : कोरोना नियन्त्रणमा सघाएकालाई सम्मान 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगरसभा : कोरोना नियन्त्रणमा सघाएकालाई सम्मान 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको छैटौँ नगरसभा सम्पन्न भएको छ । छैटौँ नगरसभाको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले उद्घाटन गरे ।

 

उद्घाटन कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई नगरले सम्मान गरेको छ ।

 

कोरोना संक्रमण रोकथामका लागि नगरपालिकालाई स्वास्थ्य सामग्री, नगद तथा प्राविधिक सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ-संस्थाकाको योगदानको कदर गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

 

छैटौँ नगरसभामा सम्मानित हुनेमा समाजसेवी, राजनीतिक दल, सामाजिक संघ-संस्था, पत्रकारलगायत छन् । उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले सम्मानपत्रद्वारा सम्मान गरे । 

 

सम्मानित हुनेमा लुम्बिनी विकास कोष, नमुना एकीकृत विकास परिषद् रूपन्देही (नमुना), लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध, स्वास्थ्य कार्यालय, रूपन्देही, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी शाखा, अन्तर्राष्ट्रिय बौद्ध समाज, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी नगर समिति, मधेस मानव अधिकार गृह (माहुरी होमलगायत छन् ।

 

यस्तै, चौतारी लघुवित्त वित्तीय संस्था लुम्बिनी, चिनियाँ बौद्ध विहार लुम्बिनी, सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जाल, रूपन्देही उद्योग संघ, इलाका प्रहरी कार्यालय लुम्बिनी, सशस्त्र प्रहरी बल लुम्बिनी, सशस्त्र प्रहरी बल बिओपी बियरघाट, समाजसेवी गंगाराम कुर्मी, पत्रकार बिन्दुकुमार चौहानलगायतलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाको छैटौँ अधिवेशनमा नगरप्रमुख चौधरीले भने, ‘कोरोना महामारीको अवस्थामा नगरपालिकामा विभिन्न क्षेत्रबाट सहयोग भएको थियो ती संघ-संस्था/व्यक्तिको उच्च मूल्यांकन गर्दै सम्मान गरेका हौँ ।’