close

तिलोत्तमामा व्यक्तिगत घटना तथा दर्ता अनलाइन प्रणाली तालिम

तिलोत्तमामा व्यक्तिगत घटना तथा दर्ता अनलाइन प्रणाली तालिम

Trulli
ADVERTISEMENT

रूपन्देही- तिलोत्तमा नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना र अनलाइन प्रणालीसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

 

नगरप्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरीदेवी चौधरी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल सहभागी कार्यक्रममा नगरका वडाध्यक्ष र सचिवलाई सो विषयमा जानकारी गराइएको हो । 

 

तालिम उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता घटना अनिवार्य रूपमा समयमै दर्ता गराउने सम्बन्धमा तालिमले सहयोग पुग्ने बताए ।


व्यक्तिगत घटना दर्ता प्रणालीलाई राज्यको प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकका लागि आधारस्तभका रूपमा लिएको बताउँदै उनले स्थानीय निकायदेखि केन्द्रीय स्तरसम्मै जनसांख्यिक तथ्यांकको विवरण प्राप्त गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले ढिलो हुने घटना दर्ताले व्यक्तिलाई मात्र नभई समाज, राष्ट्रसम्मलाई प्रभाव पार्ने हुँदै समयमै गर्नुपर्नु आवश्यकता औँल्याइन् । त्यसका लागि घरसमाज, परिवारमा घट्ने व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो दिनुपर्ने उनको भनाइ छ । 

 

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले राज्यको प्रमुख ध्येय नागरिकको सुरक्षा र हकहित प्रवद्र्धन गर्ने रहेको बताउँदै राज्यबाट प्रदान गरिने सेवा-सुविधा सरल, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउन अभिलेख व्यवस्थापन गरिनु आवश्यक रहेको जानकारी दिए । घटना दर्तालाई सहज बनाउन अनलाइन सेवा प्रदान गरिएको उनको भनाइ छ ।

 

करिब ४० जनालाई प्रशिक्षण दिइएको कार्यक्रममा व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा र विकास, महत्त्व र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया, आवश्यक कागजपत्र, न्यायिक समितिमा उजुरी दिने प्रक्रिया तथा न्याय सम्पादन, अनलाइन प्रणालीलगायत विषयमा जानकारी दिइएको थियो ।

 

कार्यक्रमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका प्रणाली प्रमुख निर्मल शर्माले गरेकी थिइन् भने दोस्रो दिन सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख सावित्रा घिमिरे, मोहन न्यौपानेलगायतले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।