close

प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च प्रगति ईएमआईएएसमा प्रविष्ट गर्न स्थानीय तहलाई परिपत्र 

प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च प्रगति ईएमआईएएसमा प्रविष्ट गर्न स्थानीय तहलाई परिपत्र 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च प्रगति प्रविष्ट गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोधमा संघीय मामिला मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च प्रगति ईएमआईएएस प्रविष्ट गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको हो ।

 

मन्त्रालयले हालसम्म सञ्चालन गरेका कार्यबाट भएको खर्च ईएमआइएएस भएको नदेखिएकाले मासिक रूपमा प्रविष्ट गर्न स्थानीय तहलाई भनेको छ ।

 

उसले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा ८५(२) र कामका लागि पारिश्रमिकमा आधारित (सञ्चालन तथा व्यवस्थापन) २०७७ को दफा २२ बमोजिम मासिक रूपमा ईएमआईएएसमा प्रविष्ट गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।