close

प्रदेश निजामती विधेयक प्रमाणीकरण

प्रदेश निजामती विधेयक प्रमाणीकरण

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् ।


प्रदेश २ को प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखसमक्ष गएको यो विधेयकलाई बिहीबार प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् ।


यससँगै प्रदेश २ मा हालसम्म प्रमाणीकरण हुने विधेयकको संख्या ३९ पुगेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा ३ कात्तिकमा पारित भएको थियो ।

 

पारित भएपछि १६ माघमा प्रदेश प्रमुख कार्यालयमा सो विधेयक दर्ता भएको थियो । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

 

निजामती प्रशासनलाई व्यावसायिक, मर्यादित र प्रभावकारी बनाउने प्रयोजनले यो ऐन बनाइएको प्रदेश २ सरकारले जनाएको छ ।