close

याङ्बरकमा पालिकास्तरीय खेल मैदान: गाउँपालिकाले माग्यो आशयपत्र 

याङ्बरकमा पालिकास्तरीय खेल मैदान: गाउँपालिकाले माग्यो आशयपत्र 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- गाउँपालिका स्तरीय खेल मैदान निर्माण गर्न निःशुल्क जग्गा प्राप्तिका लागि ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले आशयपत्र माग गरेको छ । 


गाउँपालिकाले सूचना प्रकाशन गरी निःशुल्क जग्गा दिन चाहनेले १५ दिनभित्र कार्यपालिकामा आशयपत्र पेस गर्नुपर्ने जनाएको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार जग्गा पाथीभरा याङ्बरकको वडा नम्बर २ खामेखाम, तलेबारी र ओख्रे क्षेत्र आसपासभित्रको प्राविधिक रूपले उपयुक्त जग्गा हुनुपर्ने र जग्गाको क्षेत्रफल न्यूनतम १५ रोपनी हुनुपर्नेछ ।


१ भन्दा बढी जग्गाधनी भए आपसी सहमतिमा संयुक्त निवेदन दिन सकिने पनि गाउँपालिकाले बताएको छ । निःशुल्क रूपमा दिइने जग्गामा कुनै किसिमको हकभोगसम्बन्धी विवाद वा रोक्काजस्ता अवरोध नभएको हुनुपर्ने गाउँपालिकाको सर्त छ ।

 

यस्तै, गाउँपालिकाले उपयुक्त ठहर्‍याएको जग्गा प्राविधिक मूल्यांकनका आधारमा हुने र उपयुक्त जग्गा नभए जग्गा प्राप्ति रद्ध गरिनेछ । जग्गा प्राप्तिसम्बन्धी अन्तिम निर्णयको अधिकार गाउँपालिकामा सुरक्षित रहनेसमेत प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए ।

 

निःशुल्क जग्गा दिन आशयपत्र पेस गर्नेहरूले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र चालू आर्थिक वर्षमा गाउँपालिकालाई कर तिरेको रसिदको प्रतिसमेत संलग्न राखी निवेदन दिनुपर्नेछ ।